रगत अभावमा मृत्युसंग लड्दै हाँसा देवी
मुगु न्युज डट कम
मुगु १, असार, बिश्व रक्त दाता दिवस मनाईरहेकै बेला जिल्ला अस्पतालमा रगत अभाबले एक जना महिला मृत्युको शैयामा छटपटाई रहेकि छिन ।
नेपाल रेडक्रस सोसाईटीले शाखाले डेढ बर्ष अगाढी स्थापना गरेको रक्त संचार केन्द्रमा रगत संचय गर्ने मेसिन नहँुदा रगत दान गर्ने मान्छे भेट्टिए पनि बिरामीलाई तत्कालै रगत दिनु पर्ने र रगत भेट्टिएका बेला ल्याबका कर्मचारी नहँुदा बेला बेला बिरामीको ज्यान खतरामा पर्ने गरेको छ । १८ दिन अघि घरमा नै सुत्केरी भएर थला परेकी रोवा गाबिस वडा नम्बर ६ सालिम गाँउकि २१ बर्षिया हाँसा देबि सावतलाई तिन प्वाईन्ट रगत चाहेकै बेला रक्त संचय गर्ने पलाष्टिक ब्याक बाहेक अरु सामग्री नहँुदा रगत चढाउन समस्या भएपछि उनको ज्यान खतरामा रहेको हो ।
१८ दिन अगाढी घरमै सुत्केरी भएकि हाँसा घरमा बढी रत्तस्राव भएपछि उपचारका लागी तिन दिन अगाढी जिल्ला अस्पतालमा पु¥याईएको भए पनि उनको शरिरमा हेमागोलाबिनको मात्रा चार प्वाईन्ट मात्र रहेको तथा उनलाई सामन्यतया उनलाई आवश्यक पर्ने तिन प्वाईन्ट रगत मध्ये दुई प्वाईन्ट रगत भेट्टिएको भएपनि शनिबार बिहान देखि रगत चढाउ प्रयास गर्दा रेडक्रसले स्थापना गरेको रक्त संचार केन्द्रमा प्लाष्टिक ब्याक बाहेक अरु सामग्री नभए पछि रगत चढाउन समस्या भएको जिल्ला अस्पतालका डाक्टर सुसान्त कडेल बताएका छन ।
डाक्टर कडेलका अनुसार सावतको शरिरमा सुत्केरी हुनु अगावै रक्त अल्पता भएको थियो । उनलाई आवश्यक पर्ने तिन प्वाईन्ट रगत मध्ये दुई प्वाईन्ट रगत भेट्टिएको तथा अहिले बिरामिलाई ज्वरो आएकाले रगत चढाउन नमिलेको ज्वरो घटेपछि मात्र रगत दिन मिल्ने तर पलाष्टिक पोका बाहेक अरु सामग्री नहुदा चढाउने समस्या भएको छ । तर रक्त संचार केन्द्रमा आबश्यक सबै सामग्रीको ब्यबस्था नहुदा बेला बेला यस्तो समस्या झेल्नु परेको छ । जिल्ला अस्पतालमा स्थापना गरिएको रक्त सञ्चार केन्द्र नाम मात्रको छ भने स्त्री रोग , प्रसुती सेवाका लागि दक्ष स्वास्थ्यकर्मीको समेत अभाव भईरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याकं हेर्दा जिल्ला भरिमामा ७५ प्रतिशत महिलामा रक्त अल्पता हुने गरेको देखिएको छ ।
1 comments
बिचार लेख्नुहोस्..

June 16, 2014 at 10:22 PM
हाँसा देवी जस्तै थुप्रै बिवाहित महिलाहरुले स्वास्थ्य संस्थामा कर्मचारीको अभाव तथा सुरक्षित सुत्केरी गराउने सेवा नपाउँदा घरमै सुत्केरी हुनुपर्ने पिडा एकातर्फ छ भने तिनै महिला दिदिबहिनीहरुले स्वास्थ्य चौकिमा सुत्केरी गराएको झुटो सँख्या प्रतिवेदन गरेर उनीहरुले पाउनुपर्ने लाखौंँ रुपैयाँमा चलखेल भैरहेको छ। तथ्य प्रमाणहरुको खोजी गर्नुपर्ने भएको छ।