सरकारी विद्यालयद्धारा पाठ्य पुस्तकको असी लाख घोटाला


मुगु न्युज डट कम-----------------------
२६ जेठ , मुगु------------------
जिल्लाका सरकारी विद्यालयमा वर्षेनी  पाठ्यपुस्तकका लागी जाने लाखौ रकम घोटाला हुने गरेको पाईएको छ ।
२०६४ साल यता जिल्ला शिक्षा कार्यालयले सरकारी विद्यालयका लागि दिएको  कुल निकासा रकम २ करोड २० लाख मध्य ८० लाख रकम विद्यालयहरुले घोटाला गरेको खुलेको छ । विद्यालयले फर्जि विद्यार्थीको संख्या जिल्ला शिक्षा कार्यालयमा पठाउने र कार्यालयले मन्त्रालय , विभागमा त्यहि तथ्याकं पठाए अनुसार पाठ्य पुस्तकको रकम पठाउने गरेको छ । विद्यालयमा विद्यार्थी नभए पनि संख्या बढाएर रकम दुरुपयोग गर्दै आईरहेका छन ।जिल्ला शिक्षा कार्यालयले २०६४ सालमा २८ लाख निकासा दिएकोमा ९लाखका मात्र पुस्तक विक्रि भएका थिए । साझा प्रकाशन सिजनल डिपो मुगुको तथ्याकं र जिल्ला शिक्षा कार्यालय मुगुको तथ्याकं हेर्दा ०६५ सालमा ३२ लाख, ०६६ सालमा ३१ लाख,  ०६७ सालमा ३२ लाख , ०६८ सालमा ३३ लाख, ०६९ सालमा ३२ लाख र ०७० सालमा ३२ लाख पाठ्य पुस्तकका लागि निकासा भएकोमा साझा प्रकाशनबाट क्रमश २३ लाख, २५ लाख, १८ लाख ५० हजार, २६ लाख ५० हजार, १८ लाख ५० हजार  र २२ लाख ५० हजारका पाठ्य पुस्तक मात्र विक्रि भएको देखिन्छ ।  कतिपय विद्यालयमा विद्यार्थीहरुले अघिल्लो वर्षको पाठ्य पुस्तक प्रयोग गर्ने र कतिपय विद्यालयले फर्जि विद्यार्थीको संख्या बढाएर रकम दुरुपयोग गर्ने गरेका छन ।
२०६९ सालमा साझा प्रकाशनका ९ लाख बराबरका पुस्तक विक्रि नभएर थन्किएका थिए भने सात लाख बराबरका पुस्तक फिर्ता लिनु परेको थियो । यो वर्ष पनि पाँच लाख बराबरका पाठ्य पुस्तक बाँकि रहन सक्ने साझा प्रकाशन सिजनल डिपो मुगुका प्रमुख कृष्ण न्यौपानेले बताए । जिल्ला शिक्षा कार्यालय मुगुको तथ्याकं अनुसार साझा प्रकाशनले पुस्तक पठाउने गरेको भए पनि विद्यालयहरुले पुस्तक नउठाउँदा समस्या हुने गरेको साझा प्रकाशन मध्य पश्चिमाञ्चल क्षेत्रिय कार्यालयका प्रमुख दिपक अधिकारीले बताए । विद्यालयहरुबाट आउने विद्यार्थीको तथ्याकं अनुसार  विद्यालयलाई निकासा दिने गरेको शिक्षा कार्यालयले जनाएको छ । विद्यालयले पुस्तक नउँठाउँदा बदमासी भएको हुन सक्ने देखेर यो वर्ष देखि विद्यार्थीको तथ्याकं एकिन गर्न कार्यालयले साझालाई फर्म दिएको तथा कार्यालयमा आएको तथ्याकं र साझाले बुझाएको तथ्याकं अनुसार विद्यार्थी संख्या अनुसार पुस्तक नलिएका विद्यालयबाट बढि भएको रकम असुल गरिने जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी सुर्यबहादुर खत्रिले बताए । पाठ्य पुस्तकको रकम दुरुपयोग भए जस्तै प्रति विद्यार्थी लागत अनुदान, दिवा खाजा, छात्रवृतीको रकम समेत विद्यालयहरुले घोटाला गरेको तथ्यांकले देखाएको छ ।

,

0 comments

बिचार लेख्नुहोस्..