जेष्ठ नागरिक सम्मानित
मुगु न्युज डट कम----------
असार ३ मुगु---------------
सदरमुकाम गमगढी रहेको नमुना गाउँ विकास समिति श्रीनगरले गाविसमा रहेका जेष्ठ नागरिकलाई मंगलबार सम्मान गरेको छ ।
गाविसका ९ वडामा रहेका ३ सय ३१ जना जेष्ठ नागरिक मध्य उमेरका आधारमा तिन महिला र दुई पुरुष गरि पाँच जनालाई नगद पाँच सय सहित सम्मान गरेको छ भने सम्मान कार्यक्रममा सहभागि प्रत्यक वडाका ४ जना जेष्ठ नागरिकलाई दुई सयका दरले प्रोत्साहन गरेको छ । वडा नम्बर ७ का ९७ वर्षका धने रावत, वडा नम्बर ९ का ९३ वर्षका बौंदे खड्का,वडा नम्बर ३ का ९४ वर्षीया झुपु मल्ल, वडा नम्बर ८ का ८६ वर्षीया थेबु बुढा र वडा नम्बर ५ का ८३ वर्षीया विजकन्या चौलागाईलाई जेष्ठ नागरिकको सम्मान प्रदान गरिएको हो । गाविसले जिल्लामा पहिलो पटक उदाहरणिय कार्य गरे पनि धेरै जेष्ठ नागरिकले अहिले घर परिवारबाटै अपहेलीत हुनु परेको बताए ।
अघिल्लो पुस्ता आफु आफु मिलेर बस्ने , काममा सहकार्य समन्वय गर्ने गर्दा समाजमा भाईचारा र सदभाव कायम भएको भए पनि अहिलेको पुस्ताले परिवर्तन र राजनीतिका नाममा मिलेको समाज समेत भाँडेको जेष्ठ नागरिकले बताए । हाम्रो पालामा समाजमा सवै किसिमका कामहरु मिले गथ्र्यौ समाज समेत मिलेको थियो । तर अहिलेको पुस्ता समाजको विकास , समाज मिलाउन भन्दा भाँडनमा सक्रिय छ त्यसैले हामी जस्ता जेष्ठ नागरिकले आफ्नै घरबाट सम्मान पाउन सकेका छैनौ , ९३ वर्षका जेष्ठ नागरिक बौंदे खड्काले भने । जेष्ठ नागरिकहरुले समाजको विकासकालागि अहिलेको पुस्ता मिल्न समेत आग्रह गरे ।
0 comments
बिचार लेख्नुहोस्..