अज्ञात रोगले भेडा बाख्रा मर्न थालेपछि स्थानीयवासी चिन्तित
मुगु न्युज डट कम--------
३ असार, मुगु------
जिल्लाको पश्चिम खत्याड भेकको सुकाढिक गाविसमा फैलिएको अज्ञात रोगका कारण भेडा बाख्रा मर्न थालेपछि स्थानीय पशुपालक कृषक चिन्तामा परेका छन ।
एक हप्ता देखि फैलिएको अज्ञात रोगका कारण अहिलेसम्म एक दर्जन बढि भेडा बाख्रा मरिसकेका तथा पशु स्वास्थ्य कार्यालयको सेवा केन्द्र ह्याँग्लुमा औषधी तथा पशु स्वास्थ्यकर्मी नभएको स्थानीयवासी नरदिप सार्कीले बताए । केहि दिन यता भेडा बाख्राका कान सुनिने र लगैतै मुखबाट फिज निकालेपछि तत्काल मर्ने गरेको स्थानीय पर्वल कार्कीले जानकारी दिए । भेडा बाख्रामा फैलिएको यो रोग पिपिएस हुन सक्ने पशुपालक कृषकले अनुमान गरेका छन ।
0 comments
बिचार लेख्नुहोस्..