पछाडीको हाजिर अगाडी गरेर हिड्छन शिक्षकहरु
मुगु न्युज डट कम------------------
५ असार मुगु-----------------
जिल्लाका ग्रामीण क्षेत्रमा रहेका सरकारी विद्यालयका शिक्षकले आफु कतै जाँदा पछाडीको हाजिरी अगाडी नै गर्ने गरेको पाईएको छ ।
कालै गाविसको सिड्डी गाउँमा रहेको प्राथामिक विद्यालयका प्रधानाध्यापक जनकबहादुर शाहीले एक हप्ता पछिको हाजिरी एक हप्ता अगाडी गरेर सदरमुकाम हिडेको पाईएको हो । उनले गएको जेठ ३१ गते विद्यालयमा पुगेर हाजिरी गर्दा असार आठ गतेसम्मको समेत हाजिरी गरि कार्यालयको कामकाजको शिलशिलामा सदरमुकाम जान्छु भन्दै हिडेको विद्यालयका शिक्षकलाई उद्धृत गर्दै जिल्ला विकास समितिका कार्यक्रम तथा योजना अनुगमन गर्न गएको टोलीका सदस्य पत्रकार महासंघ मुगुका सचिव दानबहादुर बुढाले जानकारी दिए । उनले यस अघि वेला वेलामा विद्यालयका सहायक शिक्षक हंशबहादुर रोकायाको ८७ हजार तलब समेत नदिएको पाईएको छ भने दिवा खाजा समेत विद्यालयमा दिएका छैनन । विहिबार नेपाल राष्टिय शिक्षक संगठन मुगुको १८ औ जिल्ला परिषदमा भेटिएका शाहीले आफु विरामी भएकाले उपचार गर्न जान लागेको बताउदै भने , मैले ३१ गते नै एक हप्ता पछिको हाजिरी गरेको छु , त्यसो नगरि के गर्नु पथ्र्यो भन्नुस भनेर उल्टै सोधिरहेका थिए । उनले एक हप्ता पछिको हाजिरी अगाडी गरेको तथा सहायक शिक्षको वेला वेलाको तलबको ८७ हजार नभएर ६२ हजार दिन बाँकि रहेको स्वीकार गरे पनि दिवा खाजा खुवाएको बताए । उनले यो पटक मात्रै हैन सधैं भरि विद्यालय नगएर जडिबुटि व्यापार गर्ने गरिरहेको स्थानीयवासीले बताए ।
शाहीका विषयमा धेरै कुरा जिल्ला शिक्षा कार्यालयमा पुग्ने गरेका छन भने उनलाई स्पष्टिकरण सोधे पनि अहिलेसम्म जवाफ नदिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । उनले राजनीतिक आडमा जिल्ला शिक्षा कार्यालयको समेत वेवास्ता गर्दै सोधिएको स्पष्टिकरणको जवाफ समेत नदिएको स्रोतले बताएको छ । यसरी हप्ता दिन पछिको हाजीरी अगाडी नै गरेर सदरमुकाम डुलिरहेका शाहीलाई अब विभागिय कार्वाहीका लागि प्रक्रिया अगाडी बढाईने पनि स्रोतले बतायो । शाही विद्यालय नजाने, पछिको हाजिर अगाडी नै गर्ने र राजनितीक आडका शिक्षा कार्यालयको चुनौति बन्ने उदाहरण मात्र हुन । उनि जस्ता जिल्ला भरिमा दर्जनौ शिक्षकहरु रहेका छन ।
0 comments
बिचार लेख्नुहोस्..