कर्तव्य निष्ठ नबन्दा शिक्षाको अवस्था दयनिय बन्दै



मुगु न्युज डट कम--------------
असार ५ मुगु----------------
जिल्लामा सरकारी विद्यालयको शैक्षिक अवस्था दयनिय बन्दै जानुमा शिक्षक अभिभावक तथा कर्मचारी कर्तव्य निष्ठ नहुनु मुख्य कारण रहेको सरोकारवालाहरुले बताएका छन ।
२०७० सालमा सञ्चालित एसएलसी परिक्षाको नतिजा अघिल्लो वर्ष भन्दा ३ प्रतिशतले राम्रो आएको भनिए पनि सरकारी विद्यालयको नतिजा हेर्दा अपेक्षाकृत रुपमा राम्रो नभएको उनिहरुले बताएका छन । विहिवार नेपाल राष्टिय शिक्षक संगठनको १८ औ जिल्ला परिषदका अवसरमा आयोजना गरिएको कार्यक्रममा शुभकामना मन्तव्य दिदै संविधान सभामा मुगुबाट प्रतिनीधित्व गरेका सभासद मोहन बाँनियाले शिक्षकका पेशागत संगठन तथा तिनका अगुवाहरुले संस्थागत विकास, पेशागत हक अधिकारका कुरा बाहेक कर्तव्य पालना नगर्दा एसएलसी परिक्षाको नतिजा लाजमर्दो आएको बताए । बाँनियाले भने शिक्षकका पेशागत संगठनले गर्दा जिल्लाको शिक्षा क्षेत्र विग्रियो भन्ने वातावरण नबनानुहोस, अधिकारसंगै कर्तव्य पनि पालना गर्न पेशागत संगठनहरुले ध्यान दिनु पर्छ ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले कर्मचारी,शिक्षक, अभिभावक , राजनीतिक दल तथा विद्यालय प्रशासन सबैले तोकिएको ताथ पाएको काम ,कर्तव्य र अधिकार प्रति जिम्मेवार नहुँदा एसएलसीको नतिजा पछि आउने नकरात्मक टिप्पणीको अपजस व्यहोर्नु परिरहेको बताए । अहिले पनि सरकारी विद्यालयका शिक्षकहरु महिनौ विद्यालयमा नगएरै तलब खाईरहेका , मदिरा सेवन गरि विद्यालय गएका छन तर तिनीहरुलाई कारवाहीको प्रक्रिया सुरु गर्दा वितिकै गाउँ देखि केन्द्रसम्मको सञ्जालले अवरोध गर्ने गरिरहेको छ , त्यसैले हामी आफैबाट सुधारिनु पर्छ घिमिरेले भने । उनले भने ,म जिशिअ भएर ११ जिल्ला बसे , सबै भन्दा लामो समय बसेको मुगु हो तर आफुले गरेको काम प्रति आत्म सन्तुष्टि हुन सकेको छैन ।  नेपाल शिक्षक युनियनका उपाध्यक्ष राधिका मल्लले सरकारी विद्यालयमा कार्यरत महिला शिक्षिकाहरुको पनि योग्यता दक्षता रहे पनि राजनीतिक आडमा भेदभाव गरिएको , राम्रो गर्ने शिक्षकलाई पुरस्कार र गल्ती गर्नेलाई सजाय गर्न नहुँनाले पनि शैक्षिक अवस्था विग्रदै गएको बताईन ।
यस वर्षको एसएली परिक्षामा सदरमुकाममा रहेका दुई वटा संस्थागत विद्यालयले शतप्रतिशत नतिजा प्राप्त गरे पनि २२ वटा सरकारी विद्यालय मध्य एक विद्यालयको नतिजा शून्य आयो । यस्तै अन्य विद्यालयको नतिजा समेत उत्साहजनक आउन नसकेपछि सरकारी विद्यालयको शैक्षिक अवस्थाका विषयमा अहिले विभिन्न टिप्पणी आउन थालेका छन ।

,

0 comments

बिचार लेख्नुहोस्..