तेस्रो चौमासिकको तिन करोड नआउँदा समस्या



मुगु न्युज डट कम-----------------
मुगु, असार ४------------
जिल्ला शिक्षा कार्यालयमा विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्र्तगतको तेस्रो चौमासिकको रकम आर्थिक वर्ष सकिने वेलासम्म नआएपछि समस्या उत्पन्न भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको तेस्रो चौमासिकमा सञ्चालन भएका कार्यक्रमहरुको तीन करोड रकम नआएपछि सम्पन्न भईसकेका पुर्वाधार निर्माणको रकम कसरी भुक्तानी गर्ने भन्ने पिरलो थपिएको जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले बताए । विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्र्तगत विद्यालय भवन, दिवा खाजा, बाल विकास केन्द्रका सहजकर्ताको तलब गरेर तीन करोड रकमको शिक्षा विभागले फुकुवा नदिएपछि अन्यौलता बढेको कार्यालयको भनाई छ । चालु आर्थिक वर्षको  तेस्रो चौमासिकमा बजेट तथा कार्यक्रम स्वीकृत भएर आएको र त्यहि अनुसार विद्यालयका पुर्वाधार निर्माणको काम गर्न लगाएको , कतिपय पुर्वाधार निर्माण कार्य सम्पन्न भईसकेका छन तर रकमको फकुवा आएको छैन ।
 नेपाल सरकार शिक्षा मन्त्रालयले वैदेशिक अनुदान सहायता पाउने हिसाबले कार्यक्रम र बजेट तय गरि पठाएको र बिच सहायता उपलब्ध गराउने निकायले सहायता रोकेका कारण विभागले फुकुवा रोकेकाले तेस्रो चौमासिकमा आउने तीन करोड आउन नसकेको कार्यालयको भनाईछ । यसका आधारले पनि चालु आर्थिक वर्षमा जिल्ला शिक्षा कार्यालयको प्रगति असी प्रतिशत भन्दा माथी नदेखिने जिल्ला शिक्षा अधिकारी घिमिरेले जानकारी दिए ।

, ,

0 comments

बिचार लेख्नुहोस्..