रोकिएन नियम विपरित सडक निर्माण कार्य
मुगु न्युज डट कम-----------
५ असार,मुगु------------
सदरमुकाममा गाडी पुगेपछि आसपासका गाविसले गाविसका सबै बस्तिमा सडक निर्माण गर्ने भन्दै नियम विपरित सडक खन्ने कार्य अझै राकिएको छैन ।
सदरमुकाम आसपासका श्रीनगर,कार्कीवाडा, पिना, रोवा र रुगा गाविसले चालु आर्थिक वर्षमा कर्णाली रोजगार कार्यक्रमको तिन करोड बढि रकम नियम विपरित डोजर प्रयोग गरेर सडक निर्माण गरिसकेका छन । जिल्ला विकास समिति अन्र्तगत कर्णाली रोजगार कार्यक्रम ईकाईले निर्देशिका विपरित रकम खर्च नगर्न यस अघि नै परिपत्र गरे पनि त्यो क्रम अझै रोकिएको छैन । चालु आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकि रहँदा श्रीनगर गाविसले २. ५ किलोमिटर सडक निर्माण गर्न डोजर प्रयोग गरिरहेको छ । सडक खने बापत डोजरले गाविसबाट १२ लाख पचास हजार पाउने छ । कर्णाली रोजगार कार्यक्रमको रकम वेरोजगार घर परिवारका एक सदस्यले वर्षको दुई सय दिन सामाजिक विकासको काम गर्ने तथा आय आर्जनका लागि कुनै व्यवसाय गर्न चाहने तर आर्थिक अभावले व्यवसाय सञ्चालन गर्न नसकेका घर पविारले त्यो रकम पाउने निर्देशिकामा उल्लेख छ । सडक निर्माण गर्नु परे पनि ति वेरोजगार घर परिवारले खन्नु पर्ने नियम छ । अहिले कर्णाली रोजगार कार्यक्रम ईकाईका कर्मचारीहरु गाउँमा गएका र त्यसरी नियमले नमिल्ने गरि डोजर प्रयोग गरिएको पाईए तत्काल रोक्न सकिने भर्खर मात्र जिल्ला आईपुगेका जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसालले बताए । बेरोजगार घर परिवारका सदस्यहरुबाट सडक निर्माण गर्ने गरि उपभोक्ता समिति गठन भएर सम्झौता भएको श्रीनगर गाविसले जनाएको छ । उपभोक्ता समिति गठन गरिए पनि सडक खन्न कोही मान्छे तयार नभएकाले डोजर प्रयोग गर्नु परेको उपभोक्ता समितिले बताएको गाविस सचिव नन्दबहादुर मल्लले जानकारी दिए । यसो त ग्रामीण सडक निर्माण गर्दा सडक निर्माण गरिने क्षेत्रको वातावरणिय प्रभाव अध्ययन , प्राविधिक मुल्याकंन नगरि डोजरको प्राविधिक आँखाले सडक निर्माण गरिएका छन । अहिले श्रीनगर गाविसले निर्माण गरिरहेको सडक खण्ड अन्र्तगत गाविसको वडा नम्बर १ देखि पाँच सम्म पर्ने चैन गाउ मुनि रहेका खेतहरु सडककै कारण भत्किनसक्ने देखिएको छ । माथमी खेति योग्य जमिन रहेको तर तल कमजोर त्रंक्रिटयूक्त माटो रहेकाले वर्षाका वेला पहिरो जानसक्ने स्थानीय बताईरहेकाछन ।
0 comments
बिचार लेख्नुहोस्..