मानव अधिकार सम्बन्धि दुई दिने तालीम सुरु
मुगु न्युज डट कम--------
जेठ २३ मुगु--------------
जिल्ला स्थित सरकारी कार्यालयहरुका कर्मचारी तथा सुरक्षाकर्मिहरुका लागि शुक्रबार देखि मानव अधिकार सम्बन्धि दुई दिने तालीम सुरु भएको छ ।
सबैका लागि मर्यादा, समानता र न्याय मुल नारा सहित सुरु भएको तालीममा मानव अधिकार र यसको अवधारणा,सरकारी तथा गैर सरकारी संघ संस्थाहरुबीच समन्वय तथा मानब अधिकारको संरक्षण तथा सम्र्बद्धन लगायतका विषयमा जानकारी गराईने आयोजकले जनाएको छ । सेवा ग्राहीले सहज रुपमा छिटो छरितो सेवा पाउने अधिकार भएकाले त्यस्तो सेवा प्रवाह गर्ने निकाय सुरक्षा तथा निजामति कर्मचारी भएकाले मानव अधिकार सम्बन्धि तालीम आयोजना गरिएको राष्टिय मानव अधिकार आयोग उप क्षेत्रिय कार्यालय जुम्लाका निमित्त प्रमुख राजेन्द्र न्यौपानेले बताए । उप क्षेत्रिय कार्यालयको आयोजनामा सुरु भएको तालीममा सुरक्षा कर्मि र निजामति कर्मचारी गरेर दुई दर्जन बढि सहभागि भएका छन ।
0 comments
बिचार लेख्नुहोस्..