आगलागीबाट चार घर नष्ट , २० लाख बढि क्षेती


मुगु न्युज डट कम----------
जेठ २३ मुगु---------------
पश्चिम खत्याड भेकको कोटडाँडा गाविस वडा नम्बर पाँचमा आगलागि हुँदा चार घर जलेर नष्ट भएका छन भने २० लाख भन्दा क्षति भएको स्थानीयवासीले बताएका छन ।
 वडा नम्बर पाँच बु्रसु गाउमा शुक्रबार मध्यान्ह १२ बजे एक्कासी लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको बताईएको छ । आगलागी भएको ठाउँमा ईलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी पुगि सकेको तथा आगो नियन्त्रणमा लिने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट तीन घर नष्ट नष्ट भएको तथा क्षतिको एकिन विवरण आउन बाँकि रहेको प्रहरी नायब उपरिक्षक पुष्कर केसीले जानकारी दिए । आगलागीबाट रमेश कार्की, दानबहादुर कार्की, दयाराम कार्की, र गणेश कार्कीको घर पुर्ण रुपमा क्षेति भएको बताईको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..