दैनिक उपभोग्य वस्तुको मुल्य घटयो



मुगु न्युज डट कम-----------------
जेठ २५ मुगु----------------
जिल्लामा गाडीबाट सामान आउन थालेपछे बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य घटेको छ । सुर्खेत नेपालगञ्जबाट सस्तो दरमा दैनिक उपभोग्य वस्तु लगायत व्यापारिक सामान गमगढी पुग्न थाले पछि उपभोक्तालाई राहत दिन मुल्य घटाएको मुगु उद्योग बाणिज्य संघले जनाएको छ ।
बजारमा रहेको सबै प्रकारको चामलमा १ सय देखि दुई सयसम्म मुल्य घटेको छ भने चिउरा, चिनी , मैदा , तेल पाँच देखि १५ रुपैयासम्म घटेको संघले जनाएको छ । बजारमा खसि अभाव भएका कारण पाँच सय रुपैयाँ प्रति केजी मासु बेच विखन हुँदै आएकोमा ५० रुपैयाँ प्रति केजी बढेको छ । तरकारी र मसलाको पनि थोक हेरेर १० देखि एक सयसम्म मुल्य घटाईएको छ ।त्यस्तै निर्माण सामाग्रीको पनि एक सय देखि पाँच सयसम्म मुल्य घटेको छ । बाणिज्य संघले दर रेट निर्धारण समिति गठन गरि गमगढी बजारका चारवटा हार्डवयर पसल , दैनिक उपभोग्य वस्तु रहेका चार, तरकारी पसल तीन र विद्युतीय सामान रहेको एक पसलको अनुगमन गरि नमुना संकलन गरिएको त्यहि आधारमा मुल्य घटाउनुका साथै मुल्यमा एकरुपता ल्याईएको संघले जनाएको छ ।
अनुगमन गर्दा अधिकाँश पसलहरुमा स्थायी लेखा नम्बरमा कारोबार उल्लेख नगरिएका वस्तु बेच्ने गरिएको , अधिकाँश होटेलहरुले स्थायी लेखा नम्बर नलिएको पाईएको छ । कतिपय पसल होटेलहरुमा मुल्य सुचि समेत नराखिएको पाईएको संघले जनाएको छ । यस्ता व्यापारीहरुलाई असार मसान्तसम्म कारोबार उल्लेख गरेका सामान बाहेक अन्य सामान हटाउन , स्थायी लेखा नम्बर लिन र मुल्य सुचि राख्ने समय दिईएको र दिईएको समय भित्र व्यापारीले अटेर गरेमा , कोष तथा लेखा नियन्त्रण कार्यालय ,जिल्ला प्रशासन कार्यालय र प्रहरीको सहयोगमा कार्वाहीको प्रक्रिया अघि बढाउने संघले जनाएको छ ।

,

0 comments

बिचार लेख्नुहोस्..