पारिवारिक खेति वर्ष सम्बन्धि अभिमुखिकरण सम्पन्न



मुगु न्युज डट कम--------
असार १२ मुगु----------
अन्तराष्टिय पारिवारिक खेति वर्ष २०१४ सम्बन्धि  विहिवार गमगढीमा एक दिने जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
पारिवारिक खेति वर्ष २०१४ राष्टिय कार्यान्वयन समिति नेपाल र नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको सहयोगमा बौद्ध संस्कृतिक समाजको आयोजनामा भएको अभिमुखि करणमा जल वायु परिवर्तन,, खाद्य सुरक्षा र सम्प्रभुतामा पर्न सक्ने प्रभावका विषयमा छलफल गरिएको थियो । देशमा अहिले कृषी उत्पादनमा ह्रास आई ठुलो परिमाणमा नेपालले खाद्यन्नआयात गर्दै आईरहेको , जग्गा जमिन समेत बाँझो बन्दै गएको तथा उत्पादन मुलक युवा जनशक्ति विदेश पलायन भईरहेको अवस्थामा देशकै कृषी उत्पादन प्रणालीमा सुधार ल्याई खाद्य सुरक्षाको प्रत्याभुति गराउन यो अभियान सार्थक हुने बारे पनि जानकारी गराईएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुली , स्थानीय विकास अधिकारी नारायप्रसाद रिसाल लगायत सरकारी तथा गैर सरकारी निकाय , कृषक समुहका प्रतिनीधिको सहभागिता रहेको थियो ।

,

0 comments

बिचार लेख्नुहोस्..