बेमौसममा ओखरका बिरुवा बितरण
मुगुन्युज डट कम-------
मुगु १३, असार,
पुस देखि माघ महिना भित्र रोप्ने बिरुवा जिल्ला वन कार्यालयले भने अहिले आएर असार महिनामा ओखरका बितरण गर्न थालेको छ ।
नेपाल जलबायु परिवर्तन अनुकुलन सहयोग कार्यक्रम एन सिसि एस पि –लापा) को आर्थिक सहयोगमा जिल्ला वन कार्यालय मुगुले बितरण गर्न लागेको ओखरको बिरुवा पुस देखि माघ महिनासम्म कृषकलाई बितरण गरी रोपि सक्नु पर्नेमा ओखरको दाना लाग्ने बेला बेमौसमि रुपले बिरुवा बितरण गर्न लागेको हो ।
जिल्ला वन कार्यलयले जुम्लाबाट ल्याई पु¥याएको २ हजार ओखरका बिरुवा मध्ये १७ सय बिरुवा खत्याड, सोरु र रोवा गाबिसमा बितरण गरेको छ भने यो सिजनामा कुनै पनि पतझर बिरुवा लगाउने सिजन नभएको तथा खास गरी आोखर, स्याउ ,आरु लगाएत अन्य फलफुल पुस महिना देखि माघ ढिलोमा फागुन सम्म रोप्नु पर्ने हुन्छ ,जिल्ला कृर्षि विकास कार्यालयका निमित्ति कार्यालय प्रमुख धन बहादुर बुढथापाले भने ।
पुस माघमा बितरण गरिने बिरुवा अहिले असारमा बितरण गर्नुको रहस्यमय कुरो भनेकै दाताले उपलब्ध गराएको रकम समयमै खर्च गर्न नसक्दा आसार मसान्तमा फ्रिज जाने देखिकाले जुम्ला जिल्लाबाट प्रति विरुवाको ४० रुपैयाका दरले खरिद गरि झण्डै १ लाख बराबरका ओखरका छिपिसकेका बिरुवा ल्याएर बितरण गरेपनि पाँच सय बिरुवा कार्यालयकै सौचालयमा सुकिसकेका अबस्थामा रहेका छन ।
जिल्ला बन कार्यालयका प्रमुख शिलानाथ झा भने बिरुवा लाग्ने मौसम नै यहि भएको बताउछन । तर खडेरीले गर्दा किसानले लगाएको बालिनै खेतमा सुकिसकेको अबस्थामा हिउदमा लगाउने ओखरको बिरुवा बेमौसममा बितरण गरेका छन । यो सिजनामा बोटबाट फल लाग्ने बेला बिरुवा बितरण गर्दा दाताको चित्त बुझाउन सकिने हुँँदा बिरुवा बितरण गरिएको कार्यालयका एक कर्मचारी बताउछन ।

0 comments
बिचार लेख्नुहोस्..