दुई दिने बाल पत्रकारिता तालीम सुरु


मुगु न्युज डट कम--------------
असार १३ मुगु-----------
विभिन्न बालक्लबका बालबालिकाहरुको अतिरिक्त क्षमता विकासका लागि शुक्रबारबाट दुई दिने बाल पत्रकारिता तालीम सुरु भएको छ ।
विगतमा समेत सहभागि बालबालिका मध्य केहिले बाल पत्रकारिता तालीम लिईसकेकाले पुर्नताजकि गर्न बाल पत्रकारिता तथा भित्ते पत्रिका प्रकाशन सम्बन्धि दुई दिने तालीमको आयोजना गरिएको आयोजक ग्रामीण सामुदायिक संस्थाले जनाएको छ । सदरमुकाम आसपासका पिना, रोवा र रुगा गरि २० वटा बाल क्लबका २० जना बालबालिकाहरु तालीममा सहभागि भएका छन भने तालीमको सहजीकरण नेपाल पत्रकार महासंघ मुगु शाखाले गरिरहेको छ । तालीम शनिवारसम्म चल्ने छ ।

,

0 comments

बिचार लेख्नुहोस्..