तीन सय बढि बालबालीकामा आँखा पाक्ने रोगको संक्रमण



मुगु न्युज डट कम-------------
असार ४ मुगु--------------
जिल्लाको सोरु भेकको धैनकोट गाविसमा आँखा पाक्ने रोगको संक्रमणका कारण तीन सय बढि बालबालिका प्रभावित भएकाछन ।
सदरमुकाम देखि २० कोष टाढा रहेको धैनकोट गाविसमा आँखा रातो हुने, पाक्ने र चिलाउने रोगका कारण गाविस भरिमा तिन सय पचास बढि बालबालिका प्रभावित भएको र गाविसमा रहेको स्वास्थ्य चौकिमा लामो समय देखि  औषधी तथा स्वास्थ्यकर्मिको अभाव रहेको स्थानीयवासीले जानकारी दिएका छन । अहिले स्वास्थ्य चौंकिमा स्वास्थ्यकर्मि नहुँदा आँखाको संक्रमण भएका बालबालिकाहरुलाई स्थानीयले घरेलु उपचार गर्न बाध्य भएका छन भने स्वास्थ्य चौकि बन्द अवस्थामा रहेको छ । धैनकोट गाविसमा बालबालिकामा आँखाको संक्रमणले धेरै बालबालिका संक्रमण भएको खबरपछि मंगलबार नै स्वास्थ्यकर्मीको टोली खटाईएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रोशनलाल चौधरीले बताए ।
 स्वास्थ्य चौंकिका स्वास्थ्यकर्मि नआएको महिनौ भईसक्यो औषधी पनि छैन , कार्यालय खोल्दा बितिक्कै गाउँलेहरु औषधी माग्छन औषधी छैन झगडा मात्र हुन्छ , स्वास्थ्य चौकिका कार्यालय सहयोगि अंगतबहादुर मल्लले भने । स्वास्थ्य चौंकिका लागि चार जनाको दरबन्दि भए पनि अहिले कार्यालय सहयोगिको भरमा चलेको छ । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा औषधी र स्वास्थ्यकर्मीको अभाव छ भने सदरमुकाममा रहेको स्वास्थ्य कार्यालयमा स्वास्थ्यकर्मीहरुले वेला वेलामा लिएको विना शिर्षकको लाखौ पेश्की रकम कसरी फछर्यौट गर्ने भन्नेमा नै दौडधुप चलेको छ ।

,

0 comments

बिचार लेख्नुहोस्..