परिवार पाल्ने आशामा बिच बाटोमा नै ज्यान गुमाउछन मानबहादुरहरु
सुमन मल्ल------------
जेठ २१ मुगु---------
बर्ष भरि गरेको खेतिपातीले परिवार पाल्न नसकिने भए पछि केहि कमाएर परिवार पाल्ने आशामा हिमाल तिर यार्चा गुम्बा संकलन गर्न जाने क्रममा विच बाटोमा नै ज्यान गुमाए पछि जुम्ला जिल्ला छुमचौर गाविस वडा नम्बर ५ का ४४ वर्षीय मानबहादुर बोहोरा जस्तै दर्जनौ छन मानबहादुरहरु ।
छोटो समयमा मुगुका उच्च हिमाली क्षेत्रमा रहेका पाटनमा पाईने यार्चा गुम्बा संकलनबाट राम्रै आम्दानी हुने र परिवारलाई एक छाक पेट भर्न र लुगाफाटो जोहो गर्न सकिने आशामा हिमालतिर उक्लिने कर्णालीवासीले सोचे भन्दा फरक परिणाम व्यहोर्ने गरेका छन । यार्चा गुम्बा संकलनका लागि मुगु गाविसको शिरानी चौर पुगेका जुम्ला जिल्ला छुमचौर गाविस वडा नम्बर ५ का मानबहादुरले यार्चा पाईने पाटन क्षेत्रमा पुग्न नै नपाई ज्यान गुमाउन पुगे भने उनिसंगै गएका १४ वर्षका छोरा लोकेश र उनका काकाले उतै दाहसंस्कार गरि शोक लिएर घर फर्किनु प¥यो । वैशाख १४ गते विहान ९ बजे बन प्रवेशका लागि रसिद लिएर पाल भित्र छिरेका बोहोराको अक्शिजन अभावका कारण दश मिनेटमा नै मृत्यु भएको त्यहाँ पुगेका स्वास्थ्यकर्मिले बताए । उनको मृत्यु भएपछि बोहोराका भाई खर्क , बुहारी तथा जेठा छोरासंगै शिरानी चौरमा जम्मा भएका हजारौ मान्छेहरु शोकमग्न भए । बोहोराको मृत्यु भएपछि मुगु गाविसका स्थानीय युवा लगायत सवैको प्रयासबाट पचास हजार आर्थिक संकलन गरि बावुसंगै रहेका कान्छा छोरा लोकशलाई सहयोग गरि पठाईएको थियो । त्यस्तै १९ गते डोल्पा जिल्लाको छापा खोलाको भावर खोला पुगेका जुम्ला तातोपानी ५ का मिनबहादुर तिरुवा र श्रीकोट १ मुगुका मानबहहादुर बाँनिया र २० गते रोवा ७ शोभा मुगुका रेशम बुढाको सानो कोईकी भन्ने स्थानमा लेक लागेर मृत्यु भएको छ । उच्च हिमाली क्षेत्र, अत्यन्त जाडो र अक्शिजनको कमि हुनुका साथै खानपानका कारणले वर्षेनी केहि कमाएर परिवार पाल्ने सोचका साथ यार्सा खोज्न हिमाल पुगेका मानबहादुरहरुको ज्यान जाने गरेको छ । यासौ खोज्न हिमाल पुग्ने सर्व साधारणबाट वर्षेनी लाखौ राजश्व संकलन हुने भए पनि पाटन क्षेत्रमा पुग्ने सर्व साधारणको समस्या नत मुगालवासीले बुझेका छन नत राज्यले नै ।
0 comments
बिचार लेख्नुहोस्..