वातावरण दिवशका अवसरमा बजार सरसफाई



मुगु न्युज डट कम
जेठ २२ मुगु
वातावरण दिवशका अवसरमा विहिवार गमगढी बजार , खानेपानीका मुहान तथा टयांकिको सरसफाई गरिएको छ ।
गमगढी बजारमा रहेको फोहोरले बजार दुर्गन्धित बनाएको र बजारमा ल्याईएको खानेपानी दुषित हुन थाले पछि पानीका टयांकि समेत सफा गरिएको जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयले जनाएको छ । वातावरण दिवशका अवसरमा एक हप्तासम्म वातावरण सम्रक्षणका लागि जनचेतना मुलक गतिविधिसंगै सरसफाई सम्बन्धि क्रिया क्लाप सत्तचालन गरिने भएको छ । बातावरण संरक्षण र सरसफाई सम्बन्धि चित्रकला प्रतियोगिता र प्रर्दशनी समेत गरिएको छ । बजार सरसफाईका लागि सरकारी तथा गैर सरकारी कार्यालय ,प्रहरी प्रशासन, राजनीतिक दल , नागरिक समाज , उद्योगी व्यापारीहरुको सहभागिता रहेको थियो ।

,

0 comments

बिचार लेख्नुहोस्..