ढुवानी ठेकेदारले खाद्यन्न ढुवानी नगर्दा स्थानीयलाई सास्ती



मुगु न्युज डट कम-----------
जेठ २३ मुगु--------------------
 अहिले गाउँमा भोकमरि छ तर ठेकेदारले चामल पु¥याएन त्यसैले म आफ्नै खर्च गरेर  नाती सहित चामल लिन आएको छु , रोडिकोट गाविस वडा नम्बर २ रादेउ गाउँ हुम्लाका ६१ वर्षीय हंशबहादुर रोकायाले भने ।
नेपाल खाद्य संस्थान शाखा कार्यालय मुगुबाट तल्लो हुम्लाका रोडिकोट, गोठी, मेलछाम, दार्मा लगायतका नौ गाविसका लागि खाद्यन्न ढुवानीको जिम्मा लिएको हेम सप्लायर्सका प्रतिनीधी लक्ष्मी जैसीले खाद्यन्न समयमा नपु¥याए पछि ति गाविसका स्थानीयवासीहरु खच्चड , भेडा , खसि लिएर खाद्यन्न लिन गमगढी आई पुगेका छन । रोकाया चामल लिनका लागि ३० वटा खसी, ३५ वर्षका छोरा धनबहादुर र पाँच कक्षामा पढ्ने १४ वर्षका नाती सुनबहादुरका साथ गमगढी स्थित खाद्य संस्थानको वितरण केन्द्मा पुगेका हुन । रादेउबाट खसिसंग गमगढी पुगेर चामल बोकाएर घर पुग्न १२ दिनको यात्रासंगै सातहजारसम्म खर्च लाग्ने रोकायाले बताए । संस्थानबाट सर्केगाढका लागि २४ रुपैयाँ प्रति केजी ढुवानी दरमा खाद्यन्न पु¥याउने गरि ठेकेदारले सम्झौता गरे पनि समयमा ढुवानी नगर्दा स्थानीयवासीले ढुवानीका लागि प्रति केजी ४० रुपैयाँ तिरेर आफै खाद्यन्न ओर्सान थालेको मेलछाम गाविसका स्थानीयवासी विरबहादुर बुढाले बताए ।
ठेकेदारले सर्केगाढमा चामल पु¥याउदा खाद्य संस्थानकै अनुदान दरमा प्रति केजी ४७ रुपैयाँकाले पाउनु पर्ने चामल अहिले स्थानीयवासीले प्रति केजीको ८७ रुपैयाँ हाल्नु पर्ने बाध्यता रहेको छ । सर्केगाढका लागि एक हजार कोटा भए पनि ठेकेदारले पाँचसय क्वीन्टलको सम्झौता गरेको तथा गमगढीबाट सिमीकोटका लागि जाने तीन सय क्वीन्टलको कुनै काम नभएको खाद्य संस्थानको मुगु शाखाले जनाएको छ ।
मुगु सदरमुकाम देखि हुम्ला जिल्लाको सर्केगाढ वितरण केन्द्रका लागि नेपाल खाद्य संस्थानको खाद्यन्न ढुवानीको जिम्मा लिएका ठेकेदारले खाद्यन्न नपु¥याउदा स्थानीयवासीले भोकमरिसंगै सास्ती व्यहोर्नु परिरहेको छ । यता मुगुको सोरुकोट वितरण केन्द्रका लागि १९ सय क्वीन्टल खाद्यन्न मध्य अहिलेसम्म ५ सय ३८ क्वीन्टल ढुवानी भएको छ भने पुलुका लागि १९ सय मध्य ३ सय १३ क्वीन्टल मात्र ढुवानी भएको संस्थानले जनाएको छ । अहिले जिल्लाको १७ हजार ९ सय क्वीन्टल खाद्यन्न कोटा मध्य ६ सय क्वीन्टल खाद्यन्न आउन बाँकि रहेको छ भने संस्थानको सदरमुकाम वितरण केन्द्रमा ८ हजार क्वीन्टल मौजदात रहेको छ । सडक यातायात सुचारु भएपछि बजारमा समेत खाद्यन्न सहज रुपमा उपलब्ध हुन थालेपछि संस्थानको खाद्यन्न विक्रिमा कमि आउने गरेको पाईएको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..