सदरमुकामका सर्व साधरणमा पानीजन्य रोगको खतरा

मुगु न्युज डट कम-----
असार १८ मुगु------------
सदरमुकाम गमगढीमा वसोवास गर्ने नागरिकको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने पानी जन्य रोगको खतरा बढ्दै गएको देखिएको छ ।
सदरमुकामका नागरिकका लागि ल्याईएको खानेपानीमा झाडा पखालाको संक्रमण हुने ईकोलिक नामक जिवार्णु रहेको पाईएको छ । सदरमुकाम गमगढी देखि ११ किलो मिटर टाढा रहेको पिना गाविसको झ्यारी खोलाबाट ल्याईएको खानेपानीको शुद्धता परिक्षण गर्दा तिन वटा ईकोलिक भेटिएको जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय मुगुको कार्यालय प्रमुख ईन्जिनियर दिनेश अधिकारीले जानकारी दिए । खानेपानीको मुहानमा रहेको ट्यांकि असुरक्षित रहेको तथा मुहानमा नै पानीको शुद्धता परिक्षण गर्दा हैजाको जिवार्णु ईकोलिक २ वटा भेटिएको र त्यहाँबाट गमगढी पुगेको पानी पुन परिक्षण गर्दा ईकोलिकको मात्रा तिन भेटिएको अधिकारीले बताए । गमगढीमा बालबालिका देखि वृद्ध वृद्धासम्म अहिले झाडा पखाला, आउ मासीले प्रभावित छन भने गमगढीका पाँच सय घरधुरीका नागरिकले अहिलेसम्म झाडा पखालाको जिबाणु मिसिएको पानी पिउँदै आएका भए पनि नागरिकको स्वास्थय प्रति सरोकारवाला निकाय चुपचाप मौन अबस्थामा रहेका छन ।
 ईकोलिक रहेको पानी पिउदा झाडा पखाला, आउँ मासीको प्रकोप फैलिने स्वास्थ्यकर्मीले बताएका छन । मान्छेको दिसा र पिसाव पानीमा मिसिए पछि पानीमा हैजाको जिवार्णुको जन्म हुने र जुन जिबार्णु मान्छेको मुखबाट पेटमा पुग्दा झाडा पखाला, आउँ मासी हुने स्वास्थ्यकर्मीले बताउछन । मान्छेको दिसा पिसाब पानीमा मिसिदा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने दुई प्रकारको जिवाणुको जन्म हुने गर्दछ । स्वास्थ्यकर्मीका अनुसार यसरी जन्मीने जिवार्णु कोलिफर्म र ईकोलिक हो । कोलिफर्म भन्दा ईकोलिकको जिवार्णु मानव स्वास्थ्यका लागि निकै खतरा हुने गर्दछ । यस्तो जिवार्णु मिसिएको पानीलाई उमालेर पिउनु बाहेक अन्य कुनै उपाय नभएको बताईएको छ ।  गमगढीमा बसोवास गर्ने झण्डै पाँच सय घरधुरीका नागरिकलाई स्वच्छ पानी आपुर्ति गर्न मुहानमा सुरक्षित ट्यांकी , गमगढीमा फिल्टरयुक्त टयांकि निर्माण गर्ने कार्य योजना बनि सकेको खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयले बताएको छ । खानेपानीमा कडा खालको झाडा पखालाको ईकोनिक नामक जिबाणु देखिए पछि कार्यालयले यो पानी उमालेर मात्र पिउन सर्व साधारणलाई अनुरोध गरेको छ ।

,

0 comments

बिचार लेख्नुहोस्..