सडक दुर्घटनामा तीन गम्भीर घाईते

मुग न्युज डट कम---------
असार १८ मुगु----------
सुर्खेत देखि मुगु सदरमुकाम गमगढीका लागि व्यापारिक सामान बोकेर आएको मालबाहक गाडी जुम्ला र मुगुको सिमानामा पर्ने घुच्ची लेकमा दुर्घटना हुँदा गाडीमा रहेकादतीन जना यात्रु गम्भीर घाईते भएका छन ।
बुधबार विहान जुम्ला सिंजाको गोठी जिउलाबाट गमगढीका लागि हिडेको भे १ ख २५८ नम्बरको मालबाहक गाडी बुधवार दिउसो मुगुको र जुम्लाको सिमानामा पर्ने घुच्ची लेकको पहिलो मोडबाट दोस्रो मोडमा खस्दा त्यसमा रहेका चार जना मध्य तिन जना गम्भीर घाईते भएका र एक जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरिक्षक पुष्कर केसीले जानकारी दिए ।  घाईते हुनेहरुमा मानबहादुर बस्याल , रामकृष्ण शाही र होईजाली रावल छन भने चालकको एक जनाको नाम खुल्न सकेको छैन । अन्य तीन जनाको नाम खुले पनि ठेगाना खुल्न बाँकि रहेको छ  । सदरमुकाम देखि टाढा रहेको तथा घटना स्थल नजिक रहेको प्रहरी चौकि पिनाबाट प्रहरी पठाई सकिएको भए पनि यथार्त विवरण आउन बााकि रहेको प्रहरीले जनाएको छ ।

0 comments

बिचार लेख्नुहोस्..