बर्षा सुरु भए पनि मुगालीलाई असारले छुएन


     
मुगु न्युज डट कम-----
मुगु, २९ असार,
 धान कोदो रोपेर पहिलो चरणको काम सकिने बेला हुँदासम्म पनि समयमै बर्षा नभई बेर्नामै  धान कोदोको बिरुवा सुकीसके पछी शनिबार बाट बर्षा सुरु भएको छ तर मुगाली कृषानलाई भने असारले छोएको छैन ।
 फागुन देखि चैत्र महिनामा रोपेको धान, कोदोको बेर्ना समयमै बर्षा नहँुदा सार्न नपाउदै सुकेपछि असार सकिनै लाग्दा शनिबार रातिबाट बर्षा सुरु भएपनि मुगुका कृषकहरु असारमा लगाउने धान कोदोको बोट बेर्नामै सुकेपछि चिन्तामा परेका छन ।
समयमै बर्षा भए प्राय सबैले असारको दोस्रो हप्तासम्म धान र कोदोको बेर्ना रोपि सिमि फापर लगाउन तिर ब्यस्त हुने कृसान शनिबार राति बाट बर्षा सुरु भएपपछि आईतबार बिहान देखि बेर्नामा केहि बचेको धान र कोदोको बोट मन नलागी सार्न ब्यस्त छन भने यति खेर सारेको बोट साउन भदौको बर्षाले गर्दा राम्रोसंग फल्न नपाउदा फल नलागी बोट कुहिने भएकाले आफुहरुलाई भर्खर सुरु भएको बर्षाको कुनै महसुस नभएको पिना गाबिस १ घुईर गाँउका हरि चन्द्र रावलले बताए ।
कुल ३ लाख १० हजार ३ सय १० क्षेत्रफल रहेको यो जिल्लाको  १८ हजार ४ सय २१ हेक्टर कृषि योग्य जमिन मध्ये बर्ष भरी सिंचाई हुने १० हजार ४४ हेक्टर, आंसिक सिचाई हुने् ८ सय ५० र बाँकि १६ हजार ५ सय २७ हेक्टर जमिनमा आकासे पानिको भरमा खेति पाती हुने गरेको छ । फागुन चैत्रमा तयार परिएका धान र कोदोको  विउ खडेरीले बेर्नामै सुकेपछि यति बेला शुरु भएको बर्षाले कृषानहरुलाई खासै प्रभाव नपार्ने देखिएको छ  । बेर्ना सबै सुकि सकेको छ यतिबलेला बेर्ना तयार पार्न नसकिने  बेर्ना तयार गरेपनि साउनमा सारेको बालि नपाक्ने भएकाले कृषानहरुको यो बर्ष खेति राम्रो नहुने जिल्ला कृर्षि कार्यालयका बालि प्रमुख धन बहादुर थापाले बताए ।

,

0 comments

बिचार लेख्नुहोस्..