उपचारको अभावमा सुत्केरीको मृत्यु



मुगु न्युज डट कम-------------
असार २९ मुगु -----------
 घरमा नै सुत्केरी भईसकेपछि अत्याधिक सक्त श्राव हुँदा उपचार पाउन नसकि शनिवार राती एक जना महिलाको ज्यान गएको छ ।
रोवा गाविस वडा नम्बर ७ सोभा गाउँकी ३६ वर्षीया गउगोरा सावतलाई शनिवार अपरान्ह तिन बजेबाट सुत्केरी वेथा लागेको र पाँच बजे बच्चा जन्माए पनि साल ननिस्किएको तथा अत्याधिक रक्तश्राव हुदा राती दश बजे तिर मृत्यु भएको स्थानीयवासी जयबहादुर बुढाले जानकारी दिए । गाउँमा महिला स्वास्थ्य स्वयम सेविका भए पनि शनिवार कामको शिलशिलामा गाउँबाट टाढा गएको र परिवारले घरेलु पद्धतीबाट सुत्केरी गराए पनि साल अड्किएर अत्याधिक रक्तश्राव हुँदा सावतको मृत्यु भएको हो । गाउँ देखि स्वास्थ्य चौकि रहेको स्थान लुम्ससम्म एक घण्टा लाग्ने भए पनि परिवारजनले घरमा नै उपचार गर्न खोज्दा सावतको ज्यान गएको छ । स्थानीयवासीका अनुसार सावत विस दिन अगाडी काम गर्नेक्रममा लडेकी थिईन भने उनि स्वास्थ्यका हिसावले निकै कमजोर थिईन । भर्खर जन्मेको शिशु जिवित अवस्थामा रहेको छ । राती पानी परेको तथा स्वास्थ्य चौकि गाउँबाट टाढा रहेकाले स्थानीयवासीले सावतलाई उपचारका लागि ल्याउन नसकेको बताएका छन । सावतका जेठा छोरा ८ वर्ष, ६ वर्ष र ३ वर्षकी दुई छोरी छन भने यो चौथो बच्चा भएको उनका छिमेकीको भनाई छ ।
मृतक सावत गर्भवती भएको वेला कामको भार बढि परेको हुन सक्ने तथा समय समयमा गर्भ जाँच नगर्दा सुत्केरी पछि ज्यान गएको स्वास्थ्यकर्मीको भनाई छ । बच्चा जन्मीदा वितिकै पाठ्यघर र साल एकैसाथ बाहिर निक्लीने तथा धमनी (मुख्य रक्तनली ) फुट्दा अत्याधिक रक्तश्राव हुनुलाई युटे«न आट्री भनिन्छ , यो समस्या आउँदा वितिकै स्वास्थ्य संस्थामा पु¥याएको भए ज्यान जोगाउन सकिन्थ्यो जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर रणबहादुर बोगटीले भने । घरमा लामो समयसम्म घरेलु उपचार नखोजी जिल्ला अस्पताल वा नजिकको स्वास्थ्य चौकिमा विरामी पुगेको भए  ज्यान जोगाउन सकिन्थ्यो तर परिवारको लार्पवाही देखियो डाक्टर बोगटीको भनाई छ । सोभा गाउँबाट जिल्ला अस्पताल पुग्न तीन घण्टा समय लाग्छ तर सुत्केरी भईसकेपछि घरपरिवारले चार घण्टासम्म स्वास्थ्य संस्थामा लिनुको सट्टा घरेलु उपचार गर्न खोज्दा आमाको ज्यान गएको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..