महिला हिंसाका घटना महिलाबाटै बढि
मुगु न्युज डट कम------------
असार २५ मुगु---------------
जिल्लामा महिला हिंसाका घटनाको सुरुवात र धेरै घटना महिलाबाट नै हुने गरेका सरोकारवालाहरुले बताएका छन ।
बुधवार अन्र्तर पाटी महिला सञ्जाल मुगुले आयोजना गरेको महिला हिंसा र समानुपातिक प्रतिनीधीत्व विषयक कार्यशालाका सहभागिले त्यस्तो बताएका हुन । महिला अधिकारका क्षेत्रमा लागेका महिला अधिकारकर्मीहरुले नै महिला हिंसा र महिला अधिकारका घटनाको सुरुवात गर्ने गरेकाले पहिले आफैबाट सुधार गर्नु पर्नेमा सहभागिले जोड दिएका छन । गाउँका महिलाहरु विभिन्न खालका हिंसाबाट पिडीत भएका र महिला अधिकारकर्मीहरुले उनिहरुका समस्याहरुलाई सम्बोधन गर्न नसकेको भन्दै अब सदरमुकाममा वस्ने महिलाका मात्र नभएर ग्रामीण क्षेत्रका महिलाका लागि सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्नु पर्ने भए पनि अन्र्तर पाटी महिला सञ्जामा रहेका महिलाहरुले महिलाका हक हित भन्दा पाटीगत स्वार्थमा लाग्दा महिलाका मुद्दा ओझेलमा परेका अन्र्तपाटी महिला सञ्जालका संस्थापक अध्यक्ष सुर्यदवी मल्लको भनाई थियो । महिलाहरुलाई उपभोक्ता समिति, राजनीतिक दलका हरेक समितिहरु , सरकारी तथा गैर सरकारी निकाय लगायत हरेका कार्यक्रममा समान सहभागिता र समान प्रतिनीधित्व गराउनु पर्ने भए पनि राजनीतिक दलहरुले नै उपेक्षा गर्दै आईरहेका महिलाहरुले बताए ।
महिलाहरुलाई हरेक गतिविधीमा संम्लग्न गराउन खोज्दा महिलाहरु स्वयम आफैले हिनता भाव प्रकट गर्ने र पुरुष सरह काम गर्न सक्दैनौ भन्ने आत्म कमजोरी समेत हुँदा राजनीतिक दलहरुका कार्य समिति , भातृ संगठनहरुमा महिलाको समान सहभागिता हुन नसकेको राजनीतिक दलका नेताले बताए । उनिहरुले अगाडी सर्ने महिला अधिकारकर्मीले पिछडीएका महिलाहरुलाई अवसर दिन नसकेका, राजनीतिक दलहरुले पनि महिला अधिकारका विषयमा सशसक्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्न नसकेको दलहरुले स्वीकार गरेका छन ।
0 comments
बिचार लेख्नुहोस्..