पुल नबन्दा आवत जावतमा समस्या
मुगु न्युज डट कम----------
असार ३१ मुगु---------------
जिल्लाको पुर्वी क्षेत्रको किम्री गाविस वडा नम्बर १ र २ किम्री गाउँ र वडा नम्बर ६ र ७ खारी गाउँको बिचमा रहेको डोल्फु कर्णालीमा पुल नबन्दा दुबै गाउँका स्थानीयवासीलाई आवत जावत गर्न समस्या भईरहेको छ ।
दुवै गाउँको तल डोल्फु कर्णाली पार गर्न पुल नबने पछि स्थानीयवासीहरुले नदि पार गर्न काठको भ¥याङ्ग राखेर जोखिमपुर्ण यात्रा गर्दै आएका छन । नदिको बिचमा ठुला ढुगा रहेका छन भने एक किनारबाट अर्को किनार पुग्न काठका तिनवटा भ¥याङ्ग हालिएको छ । ढुंगाको वरोपोरी नदि तिन भागमा विभाजन भएको छ भने त्यसमा अहिलेसम्म पुल निर्माण हुन सकेको छैन । वारीपारी कडा चट्टानयुक्त पहाड रहेको तथा विचमा ठुलो नदि पार गर्न लगाईएको काठको भ¥याङ्गबाट मान्छेले मात्र जोखिमपुर्ण यात्रा गर्दै आईरहेका छन भने पशुवस्तुलाई आवत जावत गर्न नसकिने अवस्था रहेको स्थानीयवासीले बताएका छन ।
धेरै पटक किम्री गाउँका स्थानीयवासीहरुले त्यो ठाउँमा पुल निर्माण गर्न खोजे पनि खारी गाउँका स्थानीयवासीले पुल बनाउन नदिएको स्थानीयवासीले बताए । पुल बने पछि किम्री गाउँका पशु वस्तु आफ्नो बनमा प्रवेश गर्ने , स्थानीयले काठ, दाउरा, जडिबुटी लिन सक्ने भएकाले आफ्नो बनमा कोही आउन नसकोस भनेर पुल बनाउन खारी गाउँका स्थानीयले रोक्दै आएको किम्री गाउँका स्थानीयवासी पेमा छिरिङ्ग लामाले बताए । नदिमा पुल नबनेको र काठको भ¥याङ्गबाट नदि तर्न नसक्दा धेरै पटक दुई घण्टामा पुग्न सकिने भए पनि चार घण्टा लगाएर बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन तिहार वगरबाट ताखा र खारी गाउँ जानु परेको किम्री स्वास्थ्य चौकिका अनमी अविसरा वमले बताईन । हिउँदमा नदिमा पानीको सतह कम हुँदा काठको भ¥याङ्गबाट नदि पार गर्न सकिने भए पनि वर्षाको समयमा नदिमा पानीको बहाव बढ्ने हुदा नदि पार गर्न निकै जोखिम झेल्नु पर्ने स्थानीयवासीले बताए । किम्री गाउँका स्थानीयले काठ, दाउरा, जडिबुटी चोरी निकासी तथा पशु वस्तुले वाली नाली नष्ट नगर्ने तथा मान्छेको आवत जावत सहज बनाउन भन्दै पुल आवश्यक रहेको बताईरहेका छन भने खारी गाउँका स्थानीयवासीले त्यहाँ पुलको कुनै आवश्यकता नपरे पनि किम्रीका स्थानीयवासीले गलत फाईदा उठाउन पुल बनाउन खोजिरहेकोले आफुहरुले रोकेको बताएका छन ।
0 comments
बिचार लेख्नुहोस्..