मुगुका एक दर्जन बस्ती पहिरोको उच्च जोखिममा
मुगु न्युज डट कम-------------
मुगु, असार ३२------------
जिल्ला भरिमा रहेका एक सय आठवटा वस्ती मध्य एक दर्जन गाउँ वस्ती पहिरोको उच्च जोखिममा रहेका छन ।
वर्षा सुरु भएपछि पहिरोको उच्च जोखिममा रहेका वस्तीका सर्वसाधारणहरु रातभर पहिरोले गाउँ बगाउने चिन्तामा जाग्राम बस्न थालेका छन । जिल्लाको करान भेकको माँग्री,गम भेकका कम्फा, लुम्स, बालचौर, रोवा, सालिम, चराप, गाँडापानी,बामको दर्खेलवाडा,सोरु भेकका फोतु, रावलवाडा, खत्याड भेकका रिगा , कर्खा, जामिर, गाँडेखोला र सेरी गरि एक दर्जन बढि गाउँहरु पहिरोको उच्च जोखिममा रहेका छन । भर्खर मात्र वर्षा सुरु भएको छ साउन र भदौको परै महिना बाँकि छ गाउँको तलमाथीबाट पहिरो जान्छ , अलिकति पानी पर्न लाग्दा राती चिन्ताले निन्द्रा समेत लाग्दैन रोवा गाविस वडा नम्बर ८ बालचौरका जैसिंह विकले भने । २०६८ साल साउन ८ गते गाउँ माथीबाट आएको बाढी पहिरोले दलित बस्ती रहेको बालचौरका ४५ घर परिवारलाई विस्थापित बनाउनुका साथै लाखौ रकम बराबरको धनमाल तथा बालिनाली नष्ट बनाएको थियो । बाढि पहिरोको उच्च जोखिममा रहेको यो दलित वस्तीका स्थानीयवासी अन्यत्र जाने विकल्प नभए पछि हरेक वर्षामा रातभर जाग्राम बस्ने गरेका छन ।
त्यस्तै १ सय ३५ घर धुरी रहेको माँग्री गाविस वडा नम्बर ५ र ६ माँग्री गाउँ पनि पहिरोको उच्च जोखिममा रहेको छ । पाँच छ वर्ष अघि गाउँ भन्दा तल उत्तिसको घना जंगल भए पनि स्थानीयहरुले फडानी गरे पछि जान थालेको पहिरोले गाउँ भेटाउन करिब दुई सय मिटर मात्र बाँकि रहेको छ । रुख नकाट भनेपछि गाउलेहरु उल्टै रिसाउछन अहिले रोक्नै नसकिने गरि पहिरो गईरहेको छ यस्तै हो भने अबको पाँच वर्षमा पुरै गाउँ पहिरोले लिन सक्छ स्थानीयवासी पेमा लामाले बताए ।
जिल्ला भरमा पहिरोको उच्च जोखिममा धेरै वस्ती रहे पनि जिल्ला दैवि प्रकोप कोषमा गृह मन्त्रालयले पाँच लाखसम्म रकम पठाउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले बताए । खेतवारी बगाएको , बाली नाली नष्ट भएमा अवस्था हेरी पन्ध्र सय देखि पाँच हजारसम्म घरबार नै क्षति भए पच्चिस हजार र मानविय क्षेति भए चालिस हजार सम्म राहत दिने प्रावधान रहेको छ । तिन वर्ष अघि जिल्ला प्रकोप व्यवस्थापन समितिले प्रकोप पुर्व तयारी योजना बनाए पनि त्यो औपचारिकतामा नै सिमित रहेको छ भने वर्षा सुरु भए पनि बाढि पहिरोको उच्च जोखिम रहेका वस्ती तथा आउन सक्ने प्रकोप रोक्ने, उद्धार, राहत तथा व्यवस्थापनका लागि जिल्ला देवी प्रकोप व्यवस्थापन समितिले कस्तो रणनिती बनाएको छ भन्नेमा स्थानीय प्रशासन मौन छ । समितिमा रहेका सरकारी तथा गैर सरकारी निकायलाई प्रकोप व्यवस्थापनका लागि तयारी रहन निर्देशन मात्र गरिरहेको छ ।
यो वर्षका लागि दुई सय परिवारलाई उद्धार, राहत तथा प्राथामिक उचार गर्न सक्ने आवश्यक जनशक्ति र सामाग्री तयारी अवस्थामा रहेको नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य एवं मुगु शाखा सभापति तिलकबहादुर मल्लले जानकारी दिए । रेडक्रसले जिल्लाको पश्चिम खत्याडको सेरी गाविसमा युवाहरुलाई लक्ष्यीत गरि तीन वर्षे प्रकोप पुर्व तयारी कार्यक्रम सुरु गरिसकेको जनाएको छ । २०६९ सालमा जिल्ला प्रकोप व्यवस्थापन समितिले गरेको सर्वेक्षण अनुसार जिल्ला भरिमा ५५ गाउँ वस्तीहरु पहिरोको उच्च जोखिममा रहेको भन्दै प्रकोप पुर्व तयारी योजना निर्माण गरेको थियो तर त्यो योजना कार्यन्वयन भने हुन भने सकेको छैन । त्यति वेला बनेको कार्ययोजना अद्यावधिक गर्ने , शैक्षिक संस्थामा हप्ताको एक दिन प्रकोप व्यवस्थापन सम्बन्धि कक्षा सञ्चालन गर्ने, सरकारी तथा गैर सरकारी कार्यालयहरुले वृक्षा रोपण, जनचेतना अभिवृद्धि, सचेतनामुलक कार्यक्रम गर्ने गरि जिम्मेवारी बाँडफाँड गरिए पनि त्यो अलपत्र परेको छ ।
0 comments
बिचार लेख्नुहोस्..