जिल्ला भरिको खर्च विवरण आउन अझै हप्ता दिन लाग्ने
मुगु न्युज डट कम----------------
असार ३२ मुगु--------------
आर्थिक वर्ष २०७० । ०७१ बुधवार सकिए पनि यो आर्थिक वर्षमा जिल्लामा आएको बजेट कति खर्च भयो भएन भन्ने विवरण आउन अझै एक हप्ता लाग्ने देखिएको छ ।
बुधबार सकिएको आर्थिक वर्ष ०७०।०७१ म जिल्लामा कति बजेट आएको भन्ने पनि यर्थात विवरण सम्बन्धित कार्यालयबाट आउनु पर्ने तथा कति रकम फिर्ता हुन्छ त्यसको विवरण कार्यालयहरुले एक हप्ता भित्र बुझाए पछि मात्र खर्च विवरण दिन सकिने कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक गोविन्द सुवेदीले बताए । यो आर्थिक वर्षमा जिल्लामा कुल बजेट कति आयो भन्ने थाहा नभए पनि असार ३१ गतेसम्म भएको भुक्तानी हेर्दा १ अर्ब १२ करोड ५४ लाख ८२ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । समयमा विकास निर्माणका योजना सञ्चालन नहुँनु , आर्थिक वर्षको अन्तिममा मात्र बजेट आउने तथा रातारात योजना सम्झौता गरि काम सम्पन्न गर्न खोज्दा कार्यालयहरुलाई कागज मिलाउनमा नै समय लाग्ने हुँदा खर्च विवरण आउन समेत ढिलाई हुने गरेको छ । कतिपय योजनाहरुको कामै नभए पनि काम भएको देखाउने कारणले पनि कागजपत्र मिलाउन सरकारी कार्यालयहरुलाई समय बढि लाग्ने गरेको कोलेनिकाले जनाएको छ । जिल्लाको कुल बजेट कति भन्ने तत्काल जानकारी नभए पनि अहिले पाच करोडसम्म फिर्ता हुनसक्ने बताईएको छ ।
जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयको यस वर्ष खर्च हुन नसकेर २५ लाख तथा जिल्ला कृषि विकास कार्यालयको ९ लाख रकम फिर्ता भएको छ । जिल्ला विकास समिति र गाउँ विकास समितिले संकलन गर्ने कर बाहेक जिल्ला भरिमा अन्य निकायबाट असार ३१ गतेसम्म २ करोड १० लाख राजश्व संकलन भएको छ । जिल्ला विकास र गाविसले उठाउने राजश्व जिविसको आन्तरिक कोषमा जम्मा हुने भए पनि खर्च कसरी हुन्छ भन्ने जिविसका अधिकाँश कर्मचारीलाई समेत जानकारी छैन भने अन्य निकायबाट संकलन भएको राजश्व केन्द्रीय राजश्व विभागमा जाने गरेको छ ।
0 comments
बिचार लेख्नुहोस्..