सचिव खोज्दै सदरमुकाममा



मुगु न्युज डट कम-------------
असार २३ मुगु-----------------
 हामीले गाउँमा सामुदायिक भवन बनाएका छौ । रकम लिन गमगढी आएको पाँच दिन भईसक्यो गाविस सचिव भेटिदैनन । होटेलमा बस्न र खानमा नै भएको खर्च सकिसक्यो । अव अर्को सचिव पठाईदिनु प¥यो एलडियो साव , जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारीको कार्यकक्षमा पुगेकी धैनकोट गाविस वडा नम्बर ८ कि राजकला रोकायाले भनिन ।
गाविसमा सञ्चलन गरेका विकास निर्माणका योजना सम्पन्न गरे पनि गाविस सचिव गाउँ नगएपछि  गाविस सचिव खोज्दै धैनकोट गाविसका स्थानीयवासी  सदरमुकाम गमगढी आई पुगेका छन । धैनकोट गाविसमा कार्यरत गाविस सचिव तिलराज खत्री गाउँ नगएपछि गाविसद्धारा चालु आर्थिक वर्षमा सञ्चालन भएका योजनाको भूक्तानी लिन स्थानीयवासीहरु सचिव भेट्न सदरमुकाम आए पनि पाँच दिन देखि खत्रिलाई भेट्न सकेका छैनन । महिलाहरुले निर्माण गरेको २ लाख ९७ हजार रकम लिन बाँकि रहेको र गाविस सचिवको गमगढी स्थित सम्पर्क कार्यालयमा जतिखेर पनि ताला लगाईएको भेटिएपछि स्थानीयवासी सहयोग माग्न आईतवार जिविसमा पुगेका हुन । महिलाहरु मात्र नभएर एक दर्जन बढि पुरुषहरु पनि गाविस सचिवलाई खोज्न गमगढीका होटेल चहारी रहेका छन । सचिव भेटिए पनि मदिरा सेवन गरेको अवस्थामा भेटिने गरेका र स्थानीयवासीलाई विरामी परेको भन्दै आएका वडा नम्बर ९ का धनलाल मल्लले बताए । गाविस भवन निर्माण सम्पन्न भईसक्यो  । गाउँमा  सचिव गएनन ।      रकम भुक्तानीका लागि गाविस सचिवलाई स्थानीयवासी सदरमुकाममा आएर खोज्दा पनि भेट्न सकिदैन यस्ता सचिवले हाम्रो गाविसका जनताका लागि के काम गर्लान ? वडा नम्बर ७ कि झुपा शाहीले भनिन ।   गाविस भवन निर्माण गरेको दुई लाख भुक्तानी लिन बाँकि छ , गाविसमा कोही नगएपछि सचिवलाई खोज्न गमगढी आएका छौ तर सचिव भेटाउनै मुश्किल छ धनलालले भने । जिल्ला विकास समितिका स्थानीय विकास अधिकारीसंग उनिहरुले अव गाविसमा अर्को सचिव पठाउन माग गरेका छन । आर्थिक वर्षको अन्तिम समय भएकाले गाविसको सवै काम काज खत्रिले गर्दा सहज हुन्छ । यो वेला अर्को सचिव पठाउदा झन समस्या पर्न सक्ने  र नयाँ आर्थिक वर्ष सुरु हुँदा वितिकै अर्को सचिवलाई पठाउने मनस्थितीमा जिविस पुगेको छ ।

फोटो क्याप्शन ः गाविसमा सचिव नगएपछि योजनाको भुक्तानी लिन सचिव खोज्दै सदरमुकाम आई पुगेकी धैनकोट गाविसकी राजकला रोकाया र झुपा शाही तथा पाँच दिनसम्म गमगढीमा खोज्दा पनि सचिव तिलराज खत्री नभेटिए पछि गुनासो गर्न स्थानी विकास अधिकारीको कार्य कक्षमा पुगेका धैनकोटका स्थानीयवासीहरु ।
 तस्वीर सुमन मल्ल

,

0 comments

बिचार लेख्नुहोस्..