बहु बिबाह घटे ,बल्तकारका घट्ना बढे
मुगु न्युज डट कम--------------
मुगु २३, असार, ------------------
गत बर्ष भन्दा यो बर्ष जिल्लामा बहु बिबाहका घट्ना घटे पनि बलत्कारका घट्ना भने बढेका छन ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक मुगुले आयोजना गरेको अर्ध बार्षिक समिक्षामा मानब अधिकार बर्ष पुस्तकमा प्रकासित हुने घटनाको छलफलमा गत बर्षका महिला मानव अधिकारका घटनाहरुमा सबै भन्दा बढी बहु बिबाहका घट्ना घटेका भए थिए भने यो बर्ष बलात्कारका घट्ना छ महिनामा आधा दर्जन घटेको समक्षामा सार्वजनिक गरिएको छ ।
ईन्सेक अर्ध बार्षिक प्रतिबेदन अनुसार पुस १५ देखि असार २० गते सम्ममा जिल्लामा घटेका मानब अधिकारका घट्नाहरु मध्य सबै भन्दा बढी महिला अधिकारका घट्ना भएका र ति मध्य बलात्कारका घट्ना बढी रहेका छन । पिडितहरुले अहिले सम न्यायका लागी सम्बन्धित निकायमा जाहेरी दिएको भएपनि एक घट्ना मात्र सफल भएको छ भने बाँकि घटना राजनितिक दलको दबाब र गाँउघरमै मिलाउने गरेकाले पनि केहि घट्ना बाहिर आउन नसकेका ईन्सेकको प्रतिवेदनले जनाएको छ ।
यो बर्षको छ महिनामा जिल्लामा मानब अधिकारका घट्ना हरुमा सबै भन्दा बढी महिला अधिकारका घट्ना बढी रहेका छन भने स्वास्थ्य अधिकार र शिक्षाका अधिकार पनि कम नभएको ईन्सेकको प्रतिबेदनले देखाएको छ ।
0 comments
बिचार लेख्नुहोस्..