जबरजस्ति करणी उद्योगको आरोपित लाई पाँच बर्ष कैद

मुगु न्युज डट कम-------------
मुगु १८ असार, -----------
 बालिकालाई जबरजस्ति गर्न खोज्ने एक युवकलाई जिल्ला अदालत मुगुले पाँच बर्ष कैद सुनाएको छ ।
  कार्किबाडा गाबिस वडानम्बर ६ निबासि बर्ष १५ कि  परिबर्तित नाम सिता भण्डारीलाई सोही  वडाका ३५ बर्षिय कृपराम बुढाले बैषाख १३ गते राति  महिनावारी भएको बेला छिमेकिको घरको गाई गोठमा सुतिरहेको अबस्थामा जबरजस्ति गर्न खोजेको भन्दै पिडितले न्यायका लागी जिल्ला प्रहरी कार्यालयमा बैषाख १५ गते जाहेरी दिएपछि जिल्ला अदालतले मंगल बार यस्तो फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश हरिप्रसाद शर्मा पंगेनिको एकल ईजालसले  पिडकलाई पाँच बर्ष कैद र पिडितको ईच्छा अनुसार पिडकको  पुरै अंशको एक भाग वा नगद ७५ हजार क्षेतिपुर्ति दिनु पर्ने फैसला भएको जिल्ला अदालतका रजिष्टार हेम राज तिमिल्सेनाले जानकारी दिए ।
पिडितको जाहेरी अनुसार जेठ ७ गते पुर्पक्षको लागी जिल्ला कारागारमा चलानि गरेको भए पनि जिल्ला कारागारमा कैदीलाई राख्ने ब्यबस्था नहँुदा  १९ गते जुम्ला जिल्ला कारागारमा चलानि गरेको थियो।
यो आर्थिक बर्षमा जिल्ला अदालतमा तिन वटा जबरजस्ति सम्बन्धिका मुद्धा आएका र ति मध्य दुई जनाले सफाई पाईसकेका छन भने एक  यो मुद्धाको कैद चार बर्ष देखि छ बर्ष सम्म भए पनि पाँच बर्षको कैद सजाय सुनाईएको छ ।
 

,

0 comments

बिचार लेख्नुहोस्..