न्युनतम शर्त मापनमा तीन गाविस अनुर्तिण



मुगु न्युज डट कम -----------
साउन ४ मुगु------------------
जिल्लाका २४ गाविसहरु मध्य आर्थिक वर्ष २०६९ । ०७० को न्युनतम सर्त कार्य सम्पादन मुल्याकंनमा तीन वटा गाविस अनुतिर्ण भएका छन ।
सदरमुकाम रहेको नमुना गाविस श्रीनगर, जिल्लाकै सम्पन्न मानिएको मुगु गाविस र सदरमुकाम देखि निकै टाढा रहेको फोतु गाविस न्युनतम शर्त मापन पुरा गरे पनि कार्य क्षमता व्यपस्थापनमा अनुतिर्ण भएको जिल्ला विकास समितिले जनाएको छ । अनुतिर्ण भएका गाविसहरुले गाउँ परिषद, ईलाका परिषद, आन्तरिक आए संकलन तथा व्यवस्थापन र सशक्तिकरणका कार्यक्रमहरुको प्रतिवेदन बुझाउन ढिलो गरेका कारण अनुतिर्ण भएको जिविसको भनाई छ । तर श्रीनगर गाविसले गाउँ तथा ईलाका परिषद, वार्षिक समिक्षा समयमा सम्पन्न गरे पनि आन्तरिक स्रोत संकलन र व्यवस्थापन गर्न नसकेको , आएको अनुदान रकम पेश्की दिएर फछर्यौ नगरेको देखिएको छ भने मुगु र फोतु गाविसले सदरमुकाम नै सवै विकास निर्माणका काम गर्ने गरेको देखिएको छ । मुगु गाविसमा वर्षेनी संकलन हुने यार्साको लाखौ रकमको लगानी देख्न नसकिएको पाईएको छ ।
न्युनतम शर्त तथा कार्य सम्पादन मुल्याकंनमा अनुतिर्ण भएका गाविसहरुले स्थानीय विकास मन्त्रालयबाट पाउने थप अनुदान कटौती हुने भएको छ ।

,

0 comments

बिचार लेख्नुहोस्..