ढुङ्गा बोक्दै गरेको टयाक्टर दुर्घटना
मुगु न्युज डट कम------------
मुगु ४ साउन------------
जिल्ला प्रशासन कार्यालय मुगुको निर्माण हुन लागेको भवनको ढुङ्गा बोक्न प्रयोग गरिएको टयाक्टर आईतबार बिहान दुर्घटनामा परेको छ ।
जिल्ला प्रशासन कार्यालय मुगुको निमार्ण हुन लागेको भवनका लागी श्रीनगर गाबिसकै थापल चौरबाट ढुङ्गा बोकेर फर्कदै गरेको बेला नेपाली शेनाको दुर्गा भञ्ज्याङ्ग गुल्मको सदरमुकाम सुरक्षा वेश क्याम्प नजिकको सडक बाट दुर्घटना हँुदा टयाक्टर पुर्ण रुपले क्षेति भएको छ ।
भे १ त ५५६३ नम्बरको सोनालिका ६० हर्ष पाबरको टयाक्टरका चालक बाँके कोहलपुर निबासि राध्यश्याम चौधरीलाई भने केही नभएको, साँघुरो सडक त्यसमा पनि भारी बर्षाले सडकको किनार धस्केकाले दुर्घटना भएको बताईएको छ । गाडी दुर्घटना स्थलबाट ६ सय मिटर तल मडेनी खोलामा पुर्ण रुपले क्षेति भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
0 comments
बिचार लेख्नुहोस्..