विद्यालयमा अनियमित हुने प्रअलाई कारवाही

मुगु न्युजडट कम----------------
असार १९ मुगु----------------
विद्यालयमा नगई आफ्ना व्यक्तिगत काममा हिड्ने तथा विद्यालयको शैक्षिक वातावरणमा प्रतिकुल प्रभाव पार्ने काम गरेको भन्दै जिल्ला शिक्षा कार्यालयले विभिन्न चार वटा विद्यालयका प्रधानाध्यापकलाई कारवाही गरेको छ ।
विद्यालयमा अनियमित हुने, शिक्षा कार्यालयले खोजेको बेलामा समेत नभेटिने तथा आर्थिक अनियमितता गरेको भन्दै नेपाल राष्टिय प्राथामिक विद्यालय आटिखोलाका प्रधानाध्यापक भिमबहादुर शाही, निमावि घट्टलेखका प्रअ हरिबहादुर विके, प्रावि सिड्डीका जनकबहादुर शाही र प्रावि महका प्रअ हरिबहादुर विटालुलाई कार्यालयले कारवाही गरिएको जनाएको छ ।
आटिखोलाका प्रअ भिमबहादुर शाही विद्यालय नगएर २४ सै घण्टा मदिरा सेवन गरि डुल्ने गरेको , सिड्डका प्रअ जनक शाहीले विद्यालय नगएर व्यापारमा लाग्ने तथ पछिको हाजिर समेत अगाडी गरेर हिड्ने गरेका र वेला वेला सचेत गराउन लिखित स्पष्टिकरण सोध्दा पनि जवाफ नदिएकाले कारवाही गर्नु परेको कार्यालयको भनाई छ । हरिबहादुर विटालु र भिमबहादुर शाहीलाई प्रधानाध्यापकबाट हटाउनुका साथै तलब रोक्का गरिएको ,जनक शाहीलाई र हरि बहादुर विटालु तथा प्रावि तलिलेखका प्रधानाध्यापकको तलब रोक्का गर्नुका साथै स्पष्टिकरण सोधिएको जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले जानकारी दिए ।
 सबै भन्दा बढि निमावि कोट घट्टलेखका प्रअ विटालुले शैक्षिक वर्ष २०७० । ७१ को छात्रावृती रकम १ लाख ५५ हजार  गत वर्षको पाठ्य पुस्तकको रकम, दिवा खाजाको रकम , पुस्तकालय , दलित छात्रवृत्तीको रकम हिनामिना गर्नुका साथै विद्यालयमा कुनै पनि अभिलेख नभेटिएको तथा कार्यालयले गएको जेठ देखि खोजे पनि बेखबर रहेको पनि कार्यालयले जनाएको छ ।

,

1 comments

कारवाहीको लागि दह्रो मुटु गर्नुभएकोमा जि.शि.अ. मानबहादु घिमिरे ज्यूलाई मुरीमुरी धन्यवाद । किनकी जनताको छोराछोरीहरुको उज्वल भविष्यमाथि खेलबाड गर्नेहुने आदरणीय गुरुवर्गहरुलाई सचेत गर्न यसप्रकारको कारबाहीको अति जरुरी देखिएको थियो ।

बिचार लेख्नुहोस्..