दुई दिन हुने कार्यक्रम एकै दिनमा
मुगु न्युज ट कम-----------------
असार १९ मुगु----------------
वर्ष भरि काम नगरेर सेमिनार गोष्ठी, काज विदामा कार्यालय प्रमुख अलमलिने र आर्थिक वर्षको अन्तिममा पुग्दा हतार हतार कार्यक्रम तथा योजना सम्पन्न गर्ने परम्परा चलि आएको छ । यसरी पहिलो र दोस्रो चौमासिकमा आएको बजेट र कार्यक्रम समयमा नै नगरि आर्थिक वर्षको अन्त्यमा एकै पटक योजना सम्पन्न गर्न खोज्दा नत काम नै राम्रो हुन्छ नत बजेट नै सदुपयोग । दोस्रो चौमासिकमा कार्यक्रम सञ्चालन गर्नु पर्ने गरि त्यति वेला आएको जिल्ला स्वास्थ्य कार्यालयको बजेटको अहिले रातारात कोठे गोष्ठी भईरहेका छन भने विल मिलाउन पनि हैरानी छ । दोस्रो चौमासिकमा स्वास्थ्यकर्मीले लिएको ४५ लाख पेश्की रकमका कार्यक्रम यति छोटो अबधीमा कसरी खर्च भएको देखाउलान भन्ने जिल्ला स्वास्थ्यकै कर्मचारी प्रश्न गरिरहेका छन ।
विहिबार मात्र जिल्ला कृषि विकास कार्यालयले अलग अलग तिन दिन गर्नु पर्ने बैठक तिन घण्टामा नै सम्पन्न गरेको छ । विगतमा कार्यालय प्रमुख जिल्लामा नरहेको तथा अहिले पनि कार्यालय प्रमुख राजधानी तिरै बसेकाले दुई दिन अघि मात्र निमित्त कार्यालय प्रमुखका रुपमा बद्रिनाथ देवले आर्थिक अधिकार प्राप्त गरि कार्यक्रम सञ्चालन गर्नु परेको कार्यालयले जनाएको छ । यस्तै जिल्ला विकास समितिले पनि दुई दिन सञ्चालन गर्नु पर्ने कार्यक्रम एकै दिनमा विहिबार सम्पन्न गरेको छ । बातावरणमैत्री स्थानीय शासन प्रारुप २०७० का विषयमा दुई दिन सम्म अलग अलग गर्नु पर्ने अभिमुखिकरण समय अभावका कारण भन्दै एकै दिन सम्पन्न गरेको छ । यस्ता कार्यक्रम ठुला विकासी कार्यालयका मात्र नभई अन्य कार्यालयहरुको हालत पनि उस्तै छ । समयमा रकम खर्च नगर्ने , पेश्की रकम लिएर व्यक्तिगत रुपमा चलाउने तथा आर्थिक वर्षको अन्तिममा आएर हतार हतार रकम खर्च गरेको देखाउन कार्यक्रम सञ्चालन गर्ने सरकारी कार्यालयको परम्परा नौलो नभएको नागरिक अगुवाहरुको बुझाई छ ।
0 comments
बिचार लेख्नुहोस्..