साना सिचाई आयोजनाको भुक्तानी रोक्का

मुगु न्युज डट कम------------
असार २० मुगु-----------
जिल्ला कृषि विकास कार्यालय मुगुले चालु आर्थिक वर्षमा सञ्चालन गरेका साना सिचाई आयोजना मध्य अधिकाशं आयोजनाको कुनै काम नभएको भन्दै भुक्तानी रोक्का गर्ने निर्णय गरेको छ ।
गएको हप्ता लाखौ खर्चेका योजना गाउँमा भेट्नै मुश्किल भन्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि तनावमा रहेको कृषि कार्यालयले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने गरि सम्झौता गरेका साना सिचाई आयोजनाको पुन प्राविधिक मुल्याकंन गरि काम सम्पन्न भएका योजनाको मात्र भुक्तानी दिने निर्णय गरेको छ । साना सिचाई तथा सहकारीमा आधारित, खाद्य सुरक्षामा आधारित साना सिचाई आयोजना सञ्चालनका लागि चालु आर्थिक वर्षमा २५ लाख बराबरका ३० वटा आयोजना कृषि विकास समितीले छनौट गरेको थियो । तर यसरी छनौठ गरि सम्झौता गरिएका आयोजनाको अनुगमन गर्दा अधिकाँश आयोजनाको कुनै कामै सुरु नगरिएको ,कतिपयको पाँच प्रतिशत मात्र काम भएको तथा सदरमुकाम आसपासका गाविसमा केही मात्र सम्पन्न गरिएको भन्दै अनुगमन समितिले साना सिचाई आयोजनाको अवस्था सन्तोषजनक नभएको प्रतिवेदन दिएको थियो ।
 वर्षभरि सम्पन्न गर्न नसकिएका आयोजनाहरुको निर्माण कार्य अवको दश दिनमा कसरी सकिएला भन्नेमा कार्यालयका कर्मचारी नै विश्वस्त छैनन । तर कार्यालयले आर्थिक वर्षको समाप्तीसंगै खर्च हुन नसकेको बजेट फिर्ता हुने भएकाले साना सिचाईको रकम उपभोक्ता समितिको खातामा राखेर बैक्क खाता रोक्का गर्ने तथ आयोजनाको काम सम्पन्न गरि सकेपछि मात्र भुक्तानी खुला गर्ने सोच बनाएको स्रोतले बतायो । हिजो आज कार्यालयमा आयोजनाको भुक्तानी लिन उपभोक्ताहरु आईरहेका छन भने काम नभएको प्रतिवेदन पछि भुक्तानी नदिने भने पछि कर्मचारी र उपभोक्ता विच विवाद हुने गरेको छ ।  समय भित्र खर्च हुन नसकेको रकम स्वत फिर्ता हुने र त्यस्तो रकमलाई पछि भुक्तानी दिने गरि उपभोक्ताको बैंक खातामा राख्न पाउने नियम छैन । यदि काम नभएका योजनाको रकम पनि उपभोक्ताको बैंक खातामा हालेर खाता रोक्का गरि काम सम्पन्न भए मात्र रकम दिने व्यवहारिक कुरा मिलाउन खोजे पनि त्यसको जस अपजस र जिम्मेवारी कार्यालय प्रमुख, लेखापाल ,प्राविधिक र सम्बन्धित उपभोक्ताको हुन्छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक गोविन्द सुवेदीले भने । आयोजना सम्पन्न हुन नसकेको पुन आयोजना सम्पन्न गर्न ३० दिनको म्याद थपिनु पर्छ तर अब आर्थिक वर्ष सकिन दश दिन मात्र बाँकि छ एक वर्षमा सम्पन्न नहुने योजना दश दिनमा कसरी सम्पन्न हुन्छन सुवेदीले भने । यसो त विकास निर्माणका आयोजना लगायत अन्य कार्यक्रमको कुनै काम नै नगरि कसैले भुक्तानी दिने लिने गरेमो तिन महिनासम्म कैद सजाय र विगो सहित जरिवान गर्न सकिने कानुनी व्यवस्था रहेको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..