आर्थिक वर्षको समाप्तीसंगै सरकारी कार्यालय रित्तिदै



मुगु न्युज डट कम--------------
साउन ७ मुगु------------
आर्थिक वर्षको समाप्ती भएसंगै जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा अन्य कर्मचारीहरु समिक्षा गोष्ठीमा सहभागि हुने भन्दै जिल्ला छोड्न थालेपछि सरकारी कार्यालयहरु रित्तिन थालेका छन ।
सरकारी कार्यालयहरुका प्रमुख तथा कर्मचारीहरुले जिल्ला छोड्दा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनु पर्ने भए पनि कतिपय कार्यालयहरुले जानकारी नै नदिई जिल्ला छोडेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७० । ०७१ म सञ्चालित बार्षिक योजना तथा कार्यक्रमको समिक्षा सोमबार र मंगलबार सकिए लगतै जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरुले जिल्ला छोडेपछि सरकारी कार्यालयहरु
सुनसान हुन थालेका छन भने अधिकाँश कार्यालयहरु स्थानीय कर्मचारी र कार्यालय सहयोगिका भरमा छन । साउनको पहिलो हप्ता भित्र जिल्ला स्वास्थ्य कार्यालय, कृषि विकास, बन, पशु, प्राविधिक, निर्वाचन, नापी, जिल्ला आर्युवेद लगायतका एक दर्ज कार्यालयका कार्यालय प्रमुख तथा अन्य कर्मचारीहरुले जिल्ला छोडी सकेका छन । केन्द्रबाट जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरुलाई जिल्ला नछोड्न निर्देशन भए अनुसार सबै कार्यालयहरुलाई जानकारी गराए पनि थोरै सरकारी कार्यालयका कर्मचारीहरुले प्रशासन कार्यालयमा जानकारी दिएर जिल्ला छोडेका छन भने अन्यले कुनै जानकारी नदिएर जिल्ला छोडेको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले जानकारी दिए । अहिले आर्थिक वर्षको सुरुवातमा योजना र विकास निर्माणका कार्यक्रम नभएको तथा नयाँ आर्थिक वर्षको बजेट तथा कार्यक्रम नआएको भन्दै सरकारी कार्यालयका कर्मचारीले तथा प्रमुखहरुले जिल्ला छोडेपछि कार्यालयमा रहेका कार्यालय सहायक र अन्य कर्मचारीको काम कार्यालय कुर्ने मात्रै छ ।

,

0 comments

बिचार लेख्नुहोस्..