कामै नभएका योजनाको लाखौ रकम भुक्तानी हुँदै

मुगु न्युज ट कम---------------
असार १९ मुगु-------------
आर्थिक वर्ष सकिन अव दुई हप्ता मात्र बाँकि रहँदा जिल्लाका सरकारी कार्यालयहरुलाई कामको चटारो छ भने योजना सम्पन्न नभए पनि दैनिक लाखौ रकम भुक्तानी हुँदै आएको छ  ।
एकैचोटी पाँच दश लाख भुक्तानी दिदा सबैको आँखा पर्ने हुँदा पनि आर्थिक वर्षको अन्तिममा टुक्रे योजना निर्माण गरि बाँडफाँड गर्ने परम्परा रहेको छ ।
जिल्ला विकास समितिमा मात्र हिजो आज टुक्रे योजनाको भुक्तानी लिनेको भिडभाड छ । ७० हजार देखि पाँच लाख सम्मका कतिपय योजनाहरु राम्रोसंग सम्पन्न भएका छैनन भने कतिपय योजना कामै नगरेर भुक्तानी भईरहेका छन । केही समय अगाडी जिल्ला विकास समिति मार्फत अनुगमन गरिएको भए पनि अनुगमनको प्रतिवेदन कागजमा नै सिमित भएको पाईएको छ । खास गरि सिचाई कुलो मर्मत , खानेपानी मर्मत , काठे साघु जस्ता टुक्रे योजनाको काम नभए पनि भुक्तानी भने भईरहेको छ ।   यस्ता योजनाको  अहिले दैनिक पचास लाखसम्म भुक्तानी हुने गरेको जिविस स्रोतले बतायो । आफु अनुगमनमा जाँदा गमगढी आसपासका गाउँमा तिनवटासम्म टुक्रे योजनाको कुनै काम नगरिएको पाईएकाले ति योजनाको भुक्तानी नदिन लेखा शाखालाई भनेको तथा प्राविधिक मुल्याकंन समेत नगरेको जिविसका एक प्राविधिकले बताए । कतिपय योजना माग गर्दा खेरि खानेपानी भनिएको स्थानमा सिचाई कुलो, सिचाई भनेको ठाउँमा खानेपानीका योजना देखिएको प्राविधिकको भनाई छ । जिल्ला विकास समितिबाट सञ्चालित योजनाको यसरी भुक्तानी हुने क्रमसंगै भर्खरमात्र अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा खर्च हुन नसकेको बजेट स्थानीय मन्त्रालयमा रकमान्तर  गरेको रकम जिल्लामा आएर कामै नगरि खर्च भएको छ । मन्त्रालयबाट आएको १० लाख रकमले नार्थपु गाविसको नार्थपु देखि मसाना घाट भन्ने स्थानमा बाटो बनाउनका लागि सात लाख खर्च गरिएको पाईएको छ । जुन रकम अनुसारको बाटो नबनी आंशिक रुपमा मात्र बनेको अनुगमन प्रतिवेदनले देखाएको छ भने खनिएको बाटो बन क्षेत्रमा परे पनि त्यसको कुनै बातावरणिय प्रभाव अध्ययन गरिएको छैन । सामुदायिक तथा राष्टिय बनमा कुनै पनि पुर्वाधार विकासका योजना निर्माण गर्नु पर्दा बातावरणिय प्रभाव मुल्याकंन गर्नु पर्ने भए पनि अहिलेसम्म कुनै जानकारी र समन्वय समेत नभएको जिल्ला बन कार्यालयले जनाएको छ  । स्थानीय विकास मन्त्रालयबाट आएको १० लाख मध्य सात लाखले खनेको बाटो हेर्दा दुई लाख भन्दा बढि खर्च हुन नसक्ने भए पनि भुक्तानीको तयारी भईसकेको छ भने बाँकि रहेको तीन लाख सदरमुकामसंग जोडिएको रुगा गाविसको भट्टेचौरबाट लुम्ला काँधसम्म बाटो मर्मत गरिएको भन्दै रकम भुक्तानी हुदै छ तर काम भने केहि भएको छैन जिविस स्रोतले बतायो । स्थानीय विकास मनत्रालय नेपाली काँग्रेसको भागमा रहेकोले उक्त दश लाख रकम नेपाली काँग्रसका नेताले आफ्ना कार्यकर्तालाई दिएका हुन । यस अघि नै नेकपा एमालेका तर्फबाट संविधान सभामा प्रतिनीधित्व गरेका सभासद मोहन बाँनियाले निर्वाचन क्षेत्र संसद विकास कोषको रकम पनि आफ्ना कार्यकर्तालाई यस्तै गरि वितरण गरेका थिए ।

,

0 comments

बिचार लेख्नुहोस्..