डेढ दशकपछि सामाजिक सुरक्षा भत्ता
मुगु न्युज डट कम-----------
साउन १४ मुगु------------
सरकारले हामी बुढाबुढीलाई भत्ता दिन्छ भन्ने कुरा सुनेको धेरै वर्ष भयो तर अहिले मात्र हामीले आफ्नै घरको दैलोमा रकम बाँड्न आएका गाविस सचिवलाई देख्न पायौ , फोतु गाविस वडानम्बर १ कि ६५ वर्षीया रत्नकला दमाईले भनिन ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु भेगको फोतु गाविसका जेष्ठ नागरिक, एकल महिला, पाँच वर्ष मुनिका बालबालिका तथा अपाङ्गहरुले नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा कार्यक्रमको रकम यस पटक मात्र पाएको बताएका छन । राज्यले डेढ दशक अघि सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत ६० वर्ष उमेर नाघेका वृद्ध वृद्धालाई मासिक पाँच सय, एकल महिलालाई पाँच सय, पुर्ण अपाङ्गलाई एक हजार र आंशिक अपाङ्गलाई तीन सयका दरले गाविस मार्फत रकम दिने व्यवस्था गरे पनि फोतु गाविसमा भने सामाजिक सुरक्षा कार्यक्रमको मापदण्ड भित्र परेका नागरिक यो सुविधाबाट बञ्चित भईरहेको पाईएको छ । यस्तै नेपाल सरकारले बालबालिकाको संरक्षणका लागि बाल संरक्षण कार्यक्रम अन्र्तगत एक दम्पतिका पाँच वर्ष उमेर मुनिका दुई बालबालिकालाई मासिक दुई सयका दरले रकम प्रदान गर्ने भए पनि फोतु गाविसमा भने यो सुविधा पुगेको रहेन छ ।
पहिलेका गाविस सचिवहरु गाउँमा पनि आएनन् उनिहरुले खटाएका कर्मचारी पनि आएनन्, गाविसबाट गमगढी गएर बसेका गाउँका राजनीतिक नेता कार्यकर्ताहरुले हामीले पाउनु पर्ने भत्ता बुझेर खाईदिदा रहेछन , वडा नम्बर दुईका अमृत बुढाले भने । अहिले पनि फोतु गाविसबाट व्यापार व्यवसाय गरि गमगढी बसेका, राजनीतिक नेता कार्यकर्ता तथा गाउँबाट सदरमुकाम आउजाउ गरिरहने अगुवाहरुले गाउँमा वितरण गर्नु पर्ने सामाजिक सुरक्षाको रकम आफुहरुलाई दिन भने पनि आफुले उनिहरुलाई नदिएको गाविस सचिव विश्वरुप सावतले बताए । पहिले पहिले आफै वितरण गर्छौ भनेर सदरमुकाममा नै त्यस्ता व्यक्तिले सचिवबाट सामाजिक सुरक्षाको रकम बुझे पनि गाउँमा नागरिकलाई नदिएरै बिचमा अन्यत्रै जाँदो रहेछ ,अहिले पनि त्यहि गर्न खोजिएको थियो मैले गाउँमा पुगेर आफै वितरण गरे , यसले गर्दा अप्रत्यक्ष केहि धम्की समेत आउने गरेको छ सचिव सावतले बताए । अहिलेसम्म फोतु गाविसमा छ जना गाविस सचिव फेरिएका छन तर स्थानीयवासीहरुले पाउनु पर्ने सुविधा त के सचिवको अनुहार गमगढी पुग्दा मात्र मुश्किलले देख्न पाउदा रहेछन । आर्थिक वर्ष २०५५ । ०५६ यता फोतु गाविसमा कमानसिंह धामी, दलबहादुर शाही, मणिचन्द्र कार्की , पुन दलबहादुर शाही, तिर्थराज शाही र कृष्णराज न्यौपानेले गाविस सचिवको जिम्मेवारी सम्हाले पनि नागरिकले पाउनु पर्ने राज्यको सुविधा भने पाउन सकेनन् । पछिल्लो समयमा जनताका घर बाँझा , गाविस सचिवका घर राँझा (नेपालगञ्ज) भन्ने उखान नै छ , यस्तै गरेर त जनताले पाउनु पर्ने सुविधा सचिवलाई हुने रहेछ स्थानीय ७० वर्षीया पदमकला दमाईले भनिन । फोतु गाविसमा आर्थिक वर्ष २०७० ।०७१ मा जेष्ठ नागरिक १ सय ४५, एकल महिला ४५ , पुर्ण अपागं ८, आंशिक अपागं ४ र पाँच वर्ष मुनिका ५ सय ७४ जना बालबालिकाले पहिलो पटक सरकारले प्रदान गर्ने सुविधा घरमा नै पाएका छन । प्रत्येक आर्थिक वर्षमा तिन किस्ता गरेर रकम वितरण गर्नु पर्ने प्रावधान अनुसार आर्थिक वर्ष २०७० । ०७१ मा फोतु गाविसमा सामाजिक सुरक्षा र बाल संरक्षण कार्यक्रमका लागि २६ लाख २८ हजार रकम वितरण गरिएको सचिव सावतले बताएका छन भने अघिल्ला आर्थिक वर्षहरुको गाविसको अभिलेख कार्यालयमा भेटाउन नसकेको सावतले बताए । अघिल्ला आर्थिक वर्षमा गाविसमा के कति रकम गएको तथा कहाँ कसरी खर्च भएको भन्ने यर्थात तथ्याकं भेटाउन नसके पछि काम गर्न केही समस्या आएको उनको भनाई छ । फोतु गाविस मात्र नभएर जिल्लाका २४ वटा गाविस मध्य सदरमुकामका पाँच गाविसमा गाविसका कर्मचारी, सचिव प्रत्येक चौमासिकमा स्थानीयवासीका घरमा नै गएर सामाजिक सुरक्षाको रकम वितरण गर्छन भने सदरमुका बाहिरका गाविसहरुको अवस्था फोतुको जस्तै छ ।
0 comments
बिचार लेख्नुहोस्..