सरकारी साक्षि लाई थुनामा राख्ने आदेश बदर


जीबन सेजुवाल.......
मुगु न्युज डट्कम......
मुगु १० साउन,कर्तब्य ज्यानका सरकारी साक्षी लाई पुर्पक्षको लागी थुनामा राख्ने जिल्ला न्यायधिस हरि शर्मा पंगेनि उपाध्यको आदेश लाई पुनराबेदन अदालत जुम्लाले बदर गरेको छ ।
 भिई गाबिस बडा नम्बर ४ निबासि लक्ष्मण शाहीका छोरा मोहन कुमार शाहीको आफनै कामका शिलशिलामा ०७० मंसिर २३ गते हुम्ला जिल्लाको श्रीनगर गासिको गल्बा गाड हुदै मुगुकौ नाथुर्ब गाबिस गुल्मा सिंचाई तर्पm अउदै गर्दा बाटोमा हत्या भएको भनि मृतकका बाबुले जाहेरी जिल्ला प्रहरी कार्यालय मुगुमा जाहेरी दर्ता गराई ०७० माघ १० मुगु जिल्ला भिई गाबिसको कर्णाली नदी गाडी खेल्न दहमा लास फेला परेको थियो ।
 हुम्ला जिल्लाको श्रीनगर गाबिसमा रहेको प्रहरी चौकिका प्रहरी हवल्दार बल राम गिरी, प्रहरी जवान शितल भण्डारी, र हरी प्रशाद जोशि श्रीनगर गाबिसकै सिंग रोकाया,दिपक बुढा लाई र मृतक संगै हिडेका उनका साथि धन राज बुमि लाई पेट बोलिका लागी जिल्ला अदालतमा मुद्धा दर्ता भएको भएपनि जिल्ला न्यायधिस हरि शर्मा पंगेनिले ०७१ असार २१ गते प्रहरी जवान शितल भण्डारी हरि प्रशाद जोशि लाई १ लाख १५ हजार धौरौटीमा तारिखमा छोड्ने र प्रहरी हवल्दार गिरी र अरु दुई जना दिपक बुढा र सिंग रोकाया लाई समेत साधरण तारिखमा छोड्ने अर्का सरकारी साक्षि धन राज बुमि लाई भने पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएका थिए ।
   सरकारी साक्षी रहेका बुमि, भण्डारी र गिरी जेठ २८ गते पुनराबेदन अदालत जुम्लामा आफुमाथि जिल्ला अदालत मुगुले गरेको आदेशका बिरुद्ध  जेठ २८ गते निबेदन दर्ता गराए पछी असार ४ गते  कामु मुख्य न्याधिस सुरेन्द्र बिर सिंह बस्नेत न्यायधिस अब्धुल अजिज मुसलमानको सुयुक्त ईजालसले जिल्ला न्याधिस हरि शर्मा पंगेनिले दिएको आदेश लाई बदर गरि साधरण तारेखमा राख्न आदेश भएको छ ।

, , , ,

0 comments

बिचार लेख्नुहोस्..