कर्णाली राजमार्गको दुखद यात्रा
सुमन मल्ल (कालीकोटबाट फर्किए पछि )------------
साउन १४ मुगु--------------------
बर्षाका कारण एक साता यता कर्णाली राजमार्ग अन्र्तगत सुर्खेत जुम्ला सडक खण्डको कालिकोट नाग्म सडक खण्डमा दर्जर्नौ स्थानमा पहिरो गएपछी सडक यातायात अबरुद्ध छ भने पैदल हिड्ने बटुवालाई समेत ठुलो जोखिम छ ।
जुम्ला देखि कालिकोटसम्मको ७२ किलोमिटर सडक खण्डमा दर्जनौं स्थानमा ठुल ठुला पहिरो गएका कारण वटुवाहरुलाई समेत आवत जावतमा समस्या भएको छ भने वर्षाका कारण सडक खण्डको आधा दर्जन स्थानमा पर्ने खोलाहरुमा पानीको सतह बढेपछि झन समस्या थपिएको छ । यति वेला खराब मौसमका कारण हवाई यातायात समेत सहज नभएका कारण मुगु र जुम्ला देखि नेपालगञ्ज सुर्खेत जानेहरुले सडक यातायात रोज्न खोजे पनि सडक अबरुद्ध हुदा पैदल यात्रा गर्न बाध्य छन । वर्षाकाको समयमा माथिबाट पहिरो, ढुंगा खस्ने डरले पैदल यात्रुहरु जोखिम उठाएर हिडिरहेका छन भने वर्षाका कारण पानीको सतह बढेपछि बाटोमा पर्ने खोलाहरु तर्न झन हैरानी हुने गरेको छ । कालिकोट देखि मुगु पुग्न तीन दिन लाग्ने भए पनि खराब बाटो र बर्षाका कारण चार दिन लगाएको मुगुका स्थानीयवासी लालसिंह नेपालीले बताए । धेरै स्थानमा त पहिरो गएको छ भने कतिपय स्थानमा माथिबाट पहिरो आउछकी भन्ने चिन्ताले बाटो हिड्ने मान्छेहरु त्यतिकै आतिन्छन नेपालीले भने । जुम्ला सदरमुकाम खलंगा देखि कालिकोटको मान्मसम्म नेपाल पत्रकार महासंघ कर्णाली अञ्चल क्षेत्रिय समन्वय समितिको बैठकमा सहभागि हुन मोटर साईकल लिएर गए पनि दर्जन बढि स्थानमा गएको पहिरोमा निकै जोखिम यात्रा गर्नु परेको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरमबहादुर महतले बताए । धेरै ठाउँमा त मोटर साईकल बोक्नु पर्ने अवस्था आयो भने खोलामा पनि उस्तै दुख व्यहोर्नु प¥यो ,यो अवस्था हेर्ने हो भने कर्णाली राजमार्ग कालो पत्रे गरे पनि हरेक वर्षामा माथिबाट आउने पहिरोका कारण सडक यातायात दिगो हुने अवस्था छैन महतले भने ।
केहि दिन यता कालिकोट जुम्ला सडक खण्डको विचमा पहिरो गएको र सडक यातायात अबरुद्ध भएपछि मेशीन लगाएर सडक खुलाउने काम भईरहेको तथा धेरै ठाउँमा ठुला पहिरो गएकाले केहि दिन समय लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिए । दिनमा मेशीनले बाटो पन्छाउछ राती वर्षा हुँदा पुन पहिरो आएर सडक भत्काउछ । यसले पनि सडक सुचारु गर्न समस्या भईरहेको छ चौधरीले भने । सुर्खेत जुम्ला सडक खण्डको सेरी गाड, सिम्ला खोला, खल्ला गाड , छाप्रेको टाकुल्ला खोला लगायतका विभिन्न स्थानमा पुल निर्माण गर्न आर्थिक वर्ष ०६८ । ०६९ असारमा विभिन्न निर्माण कम्पनिसंग सम्झौता गरिएको भए पनि अहिलेसम्म देखिने खालको काम हुन सकेको छैन । ति खोलाहरुमा पुल निर्माणका लागि खम्बा र फलामे छड उभ्याउने काम भए पनि अरु काम भएको छैन । पहिलो पटक गरिएको सम्झौता गएको असोजमा सकिएको र पुन काम सम्पन्न गर्ने गरि गएको चैत्रसम्मका लागि म्याद थप गरिएको कालिकोट – जुम्ला – हुम्ला सडक आयोजना कार्यालय कालिकोटले जनाएको छ । पुल निर्माणको काम अगाढी बढ्न नसकेपछि धेरै ताकेता लगाएर अहिले काम सुरु भईरहेको र अवको पाँच महिना भित्र सबै पुल निर्माण भईसक्ने आयोजना प्रमुख नारायणदत्त भण्डारीले बताए । अहिले पनि पुल निर्माण हुन लागेका स्थानहरुमा घर जग्गा मुआब्जा विवाद रहेको छ यो विवाद समाधान गरि काम सम्पन्न गरि सक्नु पर्ने हुन्छ , आगामी चैत्रबाट आयोजनाको अवधी समेत सकिदैछ त्यसैले पनि ठेकेदारहरुलाई ताकेता गरेका छौ भण्डारीले भने ।
अहिले सुर्खेत जुम्ला सडक अन्र्तगत खिड्की ज्युउला देखि छाप्रे गाविसको टाकुल्लासम्म एउटा खण्ड र टाकुल्ला देखि जुम्लासम्म एउटा खण्ड गरेर सडक चौडा गर्ने कार्य भईरहेको सुर्खेत जुम्ला सडक आयोजनाले जनाएको छ । सुरुमा नेपाली सेनाले सडकको ट्रयाक मात्र खनेको र अहिले चौंडा गर्दा नयाँ खनिएको सडकमा पहिरो जानु स्वभाविक भएको खिड्की जिउला टाकुल्ला सम्मको खण्ड हेरिरहेका आयोजनाका ईन्जिनियर पुश्कर रेग्मीले बताए । सुर्खेत जुम्ला सडक आयोजनाले विभिन्न निर्माण कम्पनि मार्फत सडक चौडा गर्ने काम गरिरहेको भए पनि पहिरो पन्छाउन कसैले चासो देखाएका छैनन । टाकुल्ला देखि जुम्लासम्मको सडक खण्ड चौडा गर्ने अबधी आगामी पौंषको मध्य र टाकुल्ला देखि खिड्की जिउलासम्मको सडक चौडा गर्ने अबधी मंसिर १५ गते सकिदै छ तर यहि अवस्थामा तोकिएको अबधि भित्र सडक चौडा गर्ने कार्य सम्पन्न गर्न मुश्किल देखिएको छ ।

0 comments
बिचार लेख्नुहोस्..