अदालतले फैसला गरेका मुद्दाको ६५ वर्ष कैद अशुल गर्न बाँकि
मुगु न्यज डट कम----------
असार २० मुगु-------------
जिल्ला अदालत मुगुले विभिन्न मुद्दाको अन्तिम फैसला गरि तोकिएको कैद सजाय अहिलेसम्म ६५ वर्ष अशुल गर्न बाँकि रहेको छ ।
जिल्ला अदालतले विभिन्न मुद्दाको अन्तिम फैसला गरेका २० वर्ष अघिका मुद्दाहरुको कैद सजाय अशुल हुन नसक्दा चालु अािर्थक वर्षको जेठ मसान्तसम्म ६५ वर्ष २४ दिन बाँकि रहेको छ भने जरिवाना तर्फ ९ लाख ६९ हजार ६ सय ४२ रुपैया अशुल हुन बाँकि रहेको जिल्ला अदालत मुगुका रजिष्टार हेमराज तिमिल्सेनाले जानकारी दिए । यसरी बाँकि रहेको कैद अशुल गर्न १० दिन देखि १० वर्षसम्म सजाय पायका व्यक्तिहरु अहिलेसम्म फरार अवस्थामा रहेका छन । यस्तो जरिवाना पाएका व्यक्तिहरुको फैसला ६ जनाको जुम्ला अदालत, २ जनाको हुम्ला, एक जनाको काठमाण्डौ र एक जनाको बाँके अदालतबाट सजाय तोकि जिल्ला अदालतमा विवरण पठाएको देखिएको छ । यि मध्य ज्यान मार्ने उद्योग, जिउ मास्ने बेच्ने, चोरी, कुटपिट, लुटपिट, गाली बेईजती र बहु विवाहका फैसलाको कैद असुल गर्न बाँकि रहेको छ ।
अदालतले विभिन्न मुद्दाको फैसला गरि कैद सजाय तथा विगो जरिवाना तोके पनि भौगोलिक अवस्था, समुदायको असहयोगका कारण सजाय तोकिएका व्यक्तिलाई पक्राउ गर्न नसकिएको अदालतको भनाई छ । तर यस्ता सजाय पायका कतिपय व्यक्तिहरु सदरमुकाम गमगढी , राजधानी , नेपालगञ्ज तथा सुर्खेत तिर खुलेआम व्यवसाय सञ्चालन गर्ने तथा हिडडुल गर्ने गरिरहे पनि पक्राउ पर्न सकिरहेका छैनन । यसै विच जिल्ला अदालत मुगुले विभिन्न मुद्दामा अदालतको अन्तिम फैसलाले दण्ड जरिवाना ,दशौद, आदेशले बाँकिरहेको कोट शुल्क, सरकारी विगो एवं कैद अशुल उपर हुन बाँकि रहेका व्यक्तिलाई सरकारी सेवा सुविधा नदिन सवै सरकारी तथा राज्यका निकायहरुलाई पत्राचार गरेको छ । राज्यका निकायबाट प्रदान गरिने नागरिकता,राहदानी, ईजाजत पत्र, टेलिफोन , खानेपानी, विद्युत, जग्गा तथा सवारी साधन नामसारी, सिफारिस लगायतका सवै सुविधा रोक्न पत्राचार गरेको छ भने पत्रसंगै सजाय तोकिएका र हालसम्म फरार अवस्थामा रहेका व्यक्तिको विवरण पनि सवै कार्यालयहरुलाई पठाएको छ ।

0 comments
बिचार लेख्नुहोस्..