एक वर्ष देखि विद्यालय शिक्षक विहिन
मुगु न्युज डट कम---------
असार २५ मुगु------------
सदरमुकाम नजिक रहेको रुगा गाविस वडा नम्बर २ लापुको दलित वस्तीमा रहेको प्रथामिक विद्यालयमा एक वर्ष देखि पठन पाठन कार्य नभएको पाईएको छ ।
१९ दलित घरधुरी रहेको दलित वस्तीमा १ देखि ३ कक्षासम्म रहेको विद्यालयका शिक्षक कैलाश बढुवाल २०७० जेठ देखि विद्यालयमा नआएको तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत बढुवालसंग मिल्दा शिक्षक नआए पनि तलब भने नियमित दिईरहेको स्थानीयवासीले बताएका छन । शिक्षक दरबन्दि नभए पनि गाविसबाट सेवा सुविधा पाउँने गरि बढुवाललाई नियुक्त गरिए पनि उनले विद्यालयमा नपढाएरै सुविधा लिएको पाईएको छ । १९ वटा दलित घरधुरीका बालबालिकालाई लक्ष्यीत गरि समुदायले निजी स्रोतबाट विद्यालय सञ्चालनको अनुमति लिएका र शिक्षकको तलब बाहेक अरु सबै सेवा सुविधा अन्य सरकारी विद्यालय सरह दिईएको जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले जानकारी दिए । समुदायले निजी स्रोतबाट शिक्षकलाई तलब सुविधा दिने गरि शिक्षक राखे पनि तलब नपाएको भन्दै विद्यालयमा शिक्षक आउन छोडेपछि दलित बस्तीका दुई दर्जन बालबालिका आधारभुत शिक्षाबाट बञ्चित भएका छन । विद्यालयमा शिक्षक नआए पनि शिक्षा कार्यालयबाट दिवा खाजाको रकम , दलित छात्रावृती रकम ,विद्यार्थी अनुदान रकम नियमित गए पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपसिंह विकले उक्त रकम बारे कसैलाई जानकारी नदिई हिनामिना गरेको स्थानीयको भनाई छ । जिल्ला शिक्षा कार्यालयको आठ लाख सहयोगमा विद्यालयको भवन बने पनि भवन निर्माणका लागि कार्यालयबाट चार लाख मात्र आएको भन्दै अध्यक्ष विकले चार लाख लुकाउन खोजिरहेका छन एक स्थानीयले भने । जिल्ला शिक्षा कार्यालयबाट सेवा सुविधा नियमित जाने गरे पनि बालबालिका पठन पाठन कार्यबाट बञ्चित छन भने छिमेकी गाउँ तिर्प र लहमा रहेका विद्यालयमा साना बालबालिकाहरु जन नसक्ने गाउँको विद्यालय बन्द हुने अवस्थामा पुगे पछि अभिभावकहरु चिन्तामा परेका छन ।
0 comments
बिचार लेख्नुहोस्..