झाडा पखालाले बालिकाको मृत्यु



मुगु न्युज डट कम-----------
असार २४ मुगु-------------
तिन दिन अघि देखि भएको झाडा पखालाका कारण सदरमुकाममा एक जना बालिकाको औषधी उपचारका अभावमा मृत्यु भएको छ ।
सदरमुकाम गमगढीसंग जोडिएको कार्कीवाडा गाविस वडा नम्बर २ भामबाडा गाउँकी १४ वर्षीया नानी भामको झाडा पखालाका कारण मंगलबार विहान मृत्यु भएको हो । तीन दिन अघि सामान्य ज्वरो आउनुका साथै झाडा पखाला चले पनि उपचारका लागि स्वास्थ्य संस्थामा नलिएर परिवारले घरमा नै उपचार गरेका थिए भने  छिमेकीहरुको दवावमा  मंगलबार विहान ९ बजे थप उपचारका लागि जिल्ला अस्पताल तर्फ लिनेक्रममा बिच बाटोमा नै बालिकाको मृत्यु भएको परिवारले जनाएका छन । अहिले बदलिदो मौसम र खानेपानीका कारण झाडा पखालाको प्रकोप बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले दैनिक २० जनासम्म झाडा पखालाका विरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल मुगुका डाक्टर रणबहादुर बोगटीले बताए । यसो त सदरमुकाम गमगढीमा रहेका ६ वटा निजी मेडिकलहरुमा समेत झाडा पखालाका विरामीको चाप समेत बढेको मेडिकलले जनाएका छन । झाडा पखालाबाट बुढा बुढी र बालबालिका प्रभावित बनेका छन ।

, ,

0 comments

बिचार लेख्नुहोस्..