यार्साको राजश्व न्युन , संकलन भन्दा बन प्रवेशको रकम बढि
मुगु न्युज डट कम------------
असार २४ मुगु----------------
मुगु गाविसका विभिन्न बन क्षेत्रमा पाईने यार्सा गुम्बा संकलनका लागि दिईने ईजाजतको राजश्व भन्दा वन प्रवेश गरे बापत लिईने शुल्क बढि भएको छ ।
यार्सा संकलन गर्न ठुला व्यापारिहरुले जिल्ला बन कार्यालयबाट लिने ईजाजतको राजश्व यो वर्ष २ लाख ३६ हजार मात्र संकलन भएको छ भने स्थानीयवासीले यार्सा खोज्न बनमा प्रवेश गर्नेहरुबाट उठाएको बन प्रवेश शुल्क १ करोड ४१ ह्जार संकलन भएको छ । वन प्रवेश शुल्कबाट संकलन भएको १ करोड ४१ लख मध्य मुगु गाउँका स्थानीयवासीले जिल्ला विकास समितिलाई २० लाख , मुगु गाविसलाई ४० लाख, व्यवस्थापन ३५ लाख र स्वयम सेवक खर्च पाँच लाख भागबण्डा गरेका थिए । मुगुको शिरानी चौरमा वन प्रबेश शुल्क नतिरेका सर्व साधारणबाट मुगुका स्थानीयवासीले हिमालमा नै पुगेर प्रवेश शुल्क उठाएका थिए । हिमालमा पुगेर उठाएको एक करोड रकम पनि गाउँलेहरुले भागबण्डा गरेको बताईएको छ ।
यस पटक जिल्ला वन कार्यालयबाट २३ केजी ६ सय ग्राम यार्साको राजश्व संकलन भएको जिल्ला बन कार्यालयले जनाएको छ । अहिले प्रति केजी यार्साको १० हजार राजश्व कायम गरिएको छ भने यार्साको खरिद विक्रि दर २५ लाख देखि माथी रहेको छ । यार्सा व्यापारीहरुले संकलनका लागि थोरै परिमाणको ईजाजत लिने र संकलन गर्दा ईजाजत लिदा तोकिएको भन्दा बढि यार्सा संकलन गर्ने गरिरहेको कार्यालयको भनाई छ । यार्सा व्यापारीहरुले हिमालमा नै ईजाजत विना यार्सा खरिद गरि तिब्बतमा पुगेर बेच्ने गर्छन भने कतिपयले काठमाण्डौबाट नै हेलिकप्टर चार्टर गरि हिमालबाटै यार्सा खरिद गरेर लिने गरेको स्थानीयको भनाई छ । जिल्लाका विभिन्न वन क्षेत्रमा पाईने १९ प्रजातीका जडिबुटीको संकलनका लागि व्यापारीहरुले लिएको ईजाजत बापत हालसम्म ७ लाख २१ ह्जार ७० रुपैयाँ राजश्व संकलन भएको छ । सबै भन्दा बढि यार्सा गुम्बाको प्रति केजी दश हजार र सबै भन्दा कम धुपीको पातको को प्रति केजी २ रुपैयाँ राजश्व रहेको छ ।
0 comments
बिचार लेख्नुहोस्..