चार करोड सौर्य ऊर्जाको लगानी बालुवामा पानी



मुगु न्युज डट कम-------------
साउन १६ मुगु----------------
विद्युत सेवा नभएका जिल्लाका ग्रामीण बस्तीका स्थानीयवासीलाई उज्यालो प्रदान गर्न बैकल्पिक ऊर्जा प्रर्बद्धन केन्द्रले अहिलेसम्म चार करोड बढि खर्च गरेर अनुदानमा सौर्य ऊर्जा प्रदान गरे पनि लगानी खेर गएको छ ।
जिल्लामा विद्युतिकरण हुन नसकेको भन्दै नेपाल सरकारले आर्थिक वर्ष २०६३ । ०६४ मा ५हजार १ सय ९० घरधुरीलाई कर्णाली उज्यालो कार्यक्रम अन्र्तगत ९५ प्रतिशत अनुदानमा सोलार टुकी वितरण गरेको थियो । ४५ सय पर्ने टुकीमाराको कुल लागत २ करोड ३३ लाख ५५ हजार रहेको थियो । त्यसपछि सदरमुकाम बाहिरका गाविसहरुमा बुधवारसम्म ४ हजार २ सय ९६ घरधुरीले पाँच देखि सात हजारसम्म वैकल्पिक ऊर्जा प्रर्बद्धन केन्द्रको अनुदान सहयोगमा सौर्य उर्जा लिएको जिल्ला ऊर्जा तथा वातावरण शाखाको तथ्यांकले देखाएको छ । न्युनतम पाँच हजारको आर्थिक अनुदान जोडदा २ करोड १४ लाख असी हजार लगानी गरेको देखिन्छ । कर्णाली उज्यालो कार्यक्रम र त्यसपछि प्रर्बद्धन केन्द्रले अनुदानमा वितरण गरेको सोलारको लगानी जोड्दा ४ करोड ४८ लाख ३५ हजार खर्च भए पनि गाउँ घर उज्यालो हुनु पर्नेमा झन अँध्यारो तर्फ गईरहेका छन ।
उज्यालोका लागि सौर्य उर्जा वितरण गरिदा त्यससंग लिएका ब्याट्रीहरु छिट्टै विग्रिने र स्थानीयवासीले नयाँ  ब्याट्री किन्न पाँच हजार देखि माथी खर्च गर्नु पर्ने भएकाले पनि वितरण गरिएको सौर्य उर्जाको लगानी खेर गएको स्थानीयवासीको भनाई छ । सरकारले सर्वसाधारणलाई उज्यालोका लागि अनुदानमा सोलार वितरण गरे पनि सर्व साधारणको लार्पवाहीले पनि छिट्टै बिग्रेको जिल्ला ऊर्जा तथा बातावरण शाखाका कर्मचारीहरुको भनाई छ । वैकल्पिक ऊर्जाको सोलार अनुदानसंगै जिल्लामा अन्य सरकारी तथा गैर सरकारी निकायले निर्माण थालेका लघु जलविद्युत आयोजनामा समेत प्रति किलोवाट २ लाख ५५ हजार प्रर्बद्धन केन्द्रले अनुदान सहयोग गरेको पाईएको छ तर ति आयोजना कतिपय बन्दै बनेका छैनन भने कतिपय कामै नलाग्ने गरि विग्रिसकेका छन । यसरी अनुदान दिएका लघु विद्युत आयोजनामा लिब्रु खोला १५ किलो वाट, नेहेर खोला ६५ किलो वाट , महादेव खोला १२ किलो वाट, धौली खोला, १५ किलो वाट र कोट खोला ८ किलो वाट विद्युत उत्पादन गर्ने गरि सुन्दर नेपाल नामक गैर सरकारी संस्थाले चार वर्ष अघि काम सुरु गरे पनि अहिलेसम्म अलपत्र अवस्थामा नै छन । यि आयोजनाका लागि वैकल्पिक उर्जाले ३ करोड २३ लाख ८५ हजार अनुदान उपलब्ध गराए पनि प्रतिफल आउन सकेको छैन । सुरुमा सुन्दर नेपाल नामक संस्थाले यि आयोजनाको जिम्मा लिए पनि विचमा नै छोडेर गएपछि अहिले आस्था नेपाल नामक अर्को गैर सरकारी संस्थाले काम सुरु गर्न लागेको जिल्ला उर्जा तथा वाताबरण शाखाले जनाएको छ । अहिले गरिवी निवारण कोष र दुर्गम क्षेत्र विकास समितिका  जिल्ला भरिमा बयानी खोला, सेरोग, नाके, मुगु, पिना, कोटीला, माँग्री,चिमाढुंग्री,डुमाना, तिर्प, लुम , धैनकोट, दईं  छाईल, माझ घट्ट लगायत दुई दर्जन लघु जल विद्युत आयोजनाहरु निर्माण गरिएका भए पनि सबै विग्रेर काम नलाग्ने अवस्थामा छन भने करोड औ रकम खेर गएको छ ।  जिल्ला ऊर्जा तथा वातावरण शाखाद्धारा निर्माण गरिएका सेरी, घट्टे खोला र सुकाढिकका लघु जल विद्युतआयोजना र सदरमुकाममा विद्युत प्राधिकरणको गमगाढ साना जल विद्युत आयोजना मात्र सञ्चालनमा रहेका छन ।

,

0 comments

बिचार लेख्नुहोस्..