भारतीय दुतावासद्धारा क्याम्पसका लागि पाँच करोड सहयोग


मुगु न्युज डट कम-------------
साउन १६ मुगु---------------
जिल्लाको पश्चिम खत्याड भेगमा २०६४ सालबाट स्थापना भएको महादेव मष्टा चर्तुदेव शिक्षा क्याम्पस रातापानीको भवन निर्माणका लागि भारतीय सरकारले काठमाण्डौ स्थित भारतीय राजदुतावास मार्फत पाँच करोड अनुदान सहयोग गरेको छ ।
क्याम्पससंग पर्याप्त भवन नहुँदा विद्यार्थीलाई पठन पाठन कार्यमा समस्या भईरहेको अवस्थामा दुतावासले व्यवस्थित कक्षा कोठा र प्रशासनिक भवनका लागि पाँच करोड अनुदान सहयोगका लागि सम्झौता भएको क्याम्पस प्रमुख धनबहादुर रावतले जानकारी दिए । ८ कोठे दुईवटा भवनसंगै दुईवटा शौचालय समेत निर्माण हुने छन । क्याम्पसको भवन निर्माण गर्न शुक्रवार जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसाल र दुतावास विच भएको सम्झौता अनुसार भवन १५ महिना भित्र निर्माण गरिसक्नु पर्ने क्याम्पस प्रमुख रावतले बताए । २०६४ सालमा स्थापना भएको क्याम्पसमा हाल ४ सय ८६ जना विद्यार्थी अध्ययनरत छन । त्रिभुवन विश्व विद्यालयबाट सम्र्बधन प्राप्त भए पनि सदरमुकाममा रहेको रारा शिक्षा क्याम्पस र रातापानी शिक्षा क्याम्पस आंगिक हुन सकेका छैनन भने भौतिक पुर्वाधारको समस्या पनि उस्तै रहेको छ ।

, , , ,

0 comments

बिचार लेख्नुहोस्..