आयातित संस्कृतिले रैथाने पर्व हराउनेमा चिन्ता
मुगु न्युज डट कम------------
साउन २८ मुगु------------
पछिल्लो समयमा जिल्लामा भित्रिएका आयातित संस्कृतिले स्थान लिन थालेपछि परम्परा देखि चलि आएका खस समुदायका रैथाने मौलिक संस्कृति हराउनेमा चिन्ता व्यक्त गर्न थालिएको छ ।
गाईजात्राको दोस्रो दिन मंगलबार गमगढीमा भएको रोपाई जात्रा हेर्ने क्रममा भेटिएका बुढा पाकाले खस समुदायका देउडा, फाग, चाँचडी, चम्फा, बालो , माँगल , झोडा,भारत, हुड्के नाच लगायतका खस संस्कृति हराउनेमा चिन्ता ब्यक्त गरेका छन । साउने संक्रान्ति, माघे संक्रान्ति , बिउ छराई, भुव , भैलो जस्ता पर्वमा गाईने देउडा हराई सकेका र छैठी , दशै , विवाहका वेला गाउने चाँचडी फाग, झोडा, भारत , माँगल जस्ता मौलिक तथा ऐतिहाँसिक कथ्य संस्कृति लोप हुने अवस्थामा पुगेकामा अघिल्लो पुस्ताका बुढा पाका चिन्तित छन ।
एक दशक अघि जुम्लाबाट व्यापार व्यवसाय, सरकारी निकायमा रोजगारको शिलशिलामा मुगु आएका जुम्लाका स्थानीयवासीहरुले जुम्ली सेवा समाज नामक संस्था गठन गरि गाईजात्रा पर्वको सुरुवात गरे यता हरेक वर्ष जनै पुर्णिमाको पछिल्लो दिनबाट सदरमुकाम गमगढीमा गाई जात्रा पर्व मनाईदै आईएको छ । मल्लकालिन समयमा तत्कालिन राजा प्रताप मल्लले आफ्नो छोराको मृत्युपछि शोकाकुल बनेकी रानीलाई सान्त्वना दिन भक्तपुरमा गाईजात्रा पर्व सुरु गरेपछि काठमाण्डौ उपत्यकाका नेवार समुदायले यो पर्व मनाउन सुरु गरेको पाईन्छ । अहिले आएर नेवार समुदाय जस्तै देश भरिका अन्य समुदायले समेत यो पर्वलाई धुमधामका साथ मनाउने गरिरहेका छन । मनोरञ्जन प्रदान गर्न गाईजात्रा पर्व मनाउने क्रम मुगुमा मात्र नभएर देशका सवै जिल्लाहरुमा नेवार समुदाय भन्दा अन्य समुदायले मनाउनु धार्मिक सहिष्णुणता कायम रहेको र यसले अन्य समुदायका संस्कृतिलाई कुनै असर नगर्ने श्रीनगर ५ निवासी साहित्यकार मुक्तिप्रसाद श्रेष्ठले बताए । अहिलेको युवा पुस्ताले आफ्नो रैथाने संस्कृति भन्दा आयातित पश्चिमा शैलिलाई आत्मसाथ गर्दै आईरहेको छ गाईजात्रा भन्दा पश्चिमा शैलि तर्फ आकर्षित हुँदा खस समुदायको मौलिक संस्कृति लोप हुने अवस्थामा छ , यतातिर युवा पुस्ता सचेत हुनु पर्छ श्रेष्ठले भने ।
गाई जात्रा पर्व भित्रिए जस्तै तिब्र गतिमा पश्चिमा शैलीका संस्कृति प्रति बढ्दै गएको युवा मोहले छिट्ट खस भाषा, संस्कृति, चाड पर्व हराउन सक्छन यसमा अहिलेको युवा पुस्ताले बुझ्न जरुरी छ , यो पुस्ता सचेत भएन भने खस समुदायको ईतिहास नै हराउन सक्छ , देउडा गीत तथा खस संस्कृतिमा रमाएर सात दशक कटाउन लागेका गगनबहादुर मल्लले भने ।
मल्लका अनुसार , पढे लेखेर शिक्षित हुनु पर्छ भन्दैमा आफ्नो भाषा , संस्कृति र परम्परालाई विर्षेर अरुको संस्कृतिमा रमाउनु राम्रो होईन । यसको अर्थ अरुको संस्कृति र परम्परालाई घृणा गर्नु पर्छ भन्ने होईन आफ्नो संस्कृतीको संरक्षण गर्न पनि सक्नु पर्छ भन्ने हो मल्लको तर्क थियो ।
0 comments
बिचार लेख्नुहोस्..