संरक्षण बिना ओझेलमा परेको छाँयानाथ धाम



जीबन सेजुवाल-------------
छाँयानाथ, मुगु २८ साउन,---------
 हिन्दु धर्मालम्बिहरुको पबित्र चार तिर्थ धामहरु मध्ये जिल्लाको डोल्फु गाबिसमा पर्ने छाँयानाथ धाम  बिकास प्रर्बद्धन र संरक्षणको अभाबले ओझेलमा परेको छ ।
  हिन्दुहरुका पबित्र चार धाम मध्ये भारतका दुई केदारनाथ, बद्रिनाथ र नेपालका दुई मुक्तिनाथ र मुगु जिल्लाको डोल्फु गाबिसमा रहेको छाँयानाथ  धाम  रहेका भए पनि छाँयानाथ धाम भने बिकास निमार्णका भौतिक पुर्बधार सहित प्रचार प्रसारका अभाबले ओझलमा परेको हो ।
 छाँयानाथका पुजारी पुर्णप्रसाद चौलागाईको किम्बदन्ति अनुसार भगवान शिवले सत्यवतिको मृतलास पृथिविमा डुलाउने क्रममा सत्यावतिको अन्तिम शेष यहि स्थानमा खसेकाले भारत र नेपालमा रहेका धाम मध्ये सबै भन्दा ठुलो र जेठो धाम भएको प्रत्येक बर्षको साउन पुर्णिमाको एकादसि देखि पुर्णिमासम्म लाग्ने यो मेलामा  नेपाल र भारतका हिन्दु धर्मालम्बिहरु पुजाआजा र दर्शनका लागी  हजारौको संख्यामा आउने भएपनि तिर्थालुहरुका लागी आावत जावत गर्ने गोरेटो बाटो र बासबास्ने धर्मसाला नहुदा यो धाम ओझलमा परेका बताईन्छ ।
  भारतको बिहार राज्यबाट आएका एक सन्त भन्छन हिन्दुहरुको पबित्र तिर्थ स्थल छाँयाक्षेत्र भए पनि यहाँको सरकार र स्थानिय समुदायले चासो नदिदा ओझेलमा परेको हो भारतका केदारनाथ र बद्रिनाथ भन्दा  छायाँ नाथ हिन्दुहरुको पबित्र स्थल भएकाले आन्तिरीक तथा बाह्य धार्मिक पर्यटक बर्षेनी हजारौको संख्यामा आउछन तर त्यसका लागी आवत जावतमा सजिलोका लागी गोरेटो बाटो र बासबस्नका लागी धर्मसाला निर्माण गरिनु पर्ने र यस्तो पबित्र स्थानलाई प्रचार प्रसारमा बिषेश जोड दिनु पर्ने उनको सुझाब रहेको थियो ।
 सदरमुकाम गमगढी देखि तिन दिन टाढा रहेको पाँच हजार मिटर उचाईमा अबस्थित यो धामका लागी ०४० सालमा डोल्फु गाबिसका प्रधान पञ्च ज्यामे लामाको पहलमा त्यो स्थानमा तिर्थालुहरुका लागी साँघुरो गोरेटो बाटोको निर्मार्ण गरिएको भए पनि अहिले यो बाटो पुर्ण रुपले जिर्ण अबस्थामा रहेकाले सबै भन्दा बढी आवत जावतमा कठिनाई भएको तिर्थालु भक्तजनको गुनासो रहेको छ भने  आबत जावतमा असहजता बासबस्ने  स्थान नहुनु र लेक लाग्ने समस्याका कारण कयौ भक्तजन बिच बाटोमै पुगेर फर्कनु पर्ने अबस्था समेत रहेको छ ।
   गोरेटो बाटो निर्माण र धर्मसाला निमार्णका लागी पर्यटन बोर्डबाट गएका बर्षहरुमा बर्षेनी १० लाख भन्दा बढीको रकम जिल्ला स्थित राजनितक दलका काठमाडौं बस्ने नेता कार्यकर्ताले ल्याउने गरेको पाईए पनि नत सम्बन्धित निकायले अनुगमन गरेको पाईइको छ नत योजना नै बनेको छ यो रकम काठमाडौमै झिकेर आफु पालिने काम नेतालेहरुले गर्दा पनि यो पबित्र स्थान ओझेलमा परेको  अर्का पुजारी लक्ष्मिप्रसाद चौलागाई बताउछन ।

, ,

0 comments

बिचार लेख्नुहोस्..