कर्मचारीहरुको विरोध कार्यक्रम सुरु



मुगु न्युज डट कम-------------
साउन २९ मुगु-----------
सरकारले दुर्गम जिल्लाका स्थानीय कर्मचारीहरुले पाउदै आएको स्थानीय भत्ता कटौती गरेको भन्दै विहिबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर  विरोधका कार्यक्रम सुरु गरेका छन ।
निजामति  कर्मचारी, शिक्षकहरुका पेशागत संगठनहरुले विगतमा दुर्गममा कार्यारत निजामति र शिक्षकले पाउदै आएको दुर्गम तथा स्थानीय भत्ता पाउनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञपान पत्र बुझाएका छन । दुर्गममा निजामति तथा शिक्षकहरुको समस्यालाई नबुझेर सरकारले स्थानीय भत्ता कटाएपछि विगतको सेवा सुविधा बाट  स्थानीय भत्ता २५ प्रतिशतले घट्दा मर्कामा परेको भन्दै तत्काल यो निर्णय फिर्ता लिन आग्रह गरेका छन । विहिबार ज्ञापन पत्र बुझाउदै उनिहरुले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन । भदौं ३ गतेसम्म हरेक दिन कार्यालय समयमा एक घण्टा पेन डाउन गर्ने , त्यति वेलासम्म पनि सरकारले निर्णय फिर्ता नगरे सडक आन्दोलन गर्ने र त्यति गर्दा पनि नभए भदौं १२ गतेबाट कार्यालयका सबै काम ठप्प बनाउने जस्ता कार्यक्रमहरु सार्वजनिक गरेका छन । मुगु जस्तै अन्य दुर्गम जिल्लासंग समन्वय गरि आन्दोलनलाई केन्द्रसम्म विस्तार गर्ने र त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मा सरकारले लिनु पर्ने उनिहरुले बताएका छन । गएको असार २९ गते बसेको नेपाल सरकार मन्त्रि परिषदको बैठकले साउन १ गतेबाट लागु हुने गरि  दुर्गम जिल्लामा स्थायी वसोवास गरेका निजामति कर्मचारी र शिक्षकले पाउदै आएको दुर्गम स्थानीय भत्ताले देशलाई आर्थिक भार बढेको भन्दै कटौती गर्ने निर्णय गरे पछि कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन । यसरी मन्त्रि परिषदले दुर्गम स्थानीय भत्ता कटौती गरेपछि कार्यरत जिल्ला भित्र स्थायी बसोबास गरिरहेका शिक्षक र निजामती कर्मचारीहरुले विगतमा तोकिएको रकमको २५ र ५० प्रतिशत मात्र स्थानीय भत्ता पाउने भएकाले आन्दोलन गर्नु परेको उनिहरुले बताएका छन ।

, ,

0 comments

बिचार लेख्नुहोस्..