संस्थागत स्याहार मुक्त बालबालिका गाविस घोषणा
मुगु न्युज डट कम---------
भदौं ५ मुगु------------
जिल्लाका २४ वटा गाविस मध्य सदरमुकाम गमगढी नजिक रहेको रुगा गाविसलाई एक औपचारिक कार्यक्रमको आयोजना गरि बुधवार संस्थागत स्याहार मुक्त बालबालिका गाविस घोषणा गरिएको छ ।
जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, राजनीतिक दलका नेता , सामाजिक अगुवाहरुको उपस्थितीमा रुगा गाविसको गाउँ बाल संरक्षण तथा सम्बद्र्धन उप समितिले संस्थागत स्याहार मुक्त बालबालिका गाविस घोषणा गरेको जनाएको छ । सन २०१२ देखि किर्डाक नेपाल मुगुले गाविसमा बाल संरक्षण कार्यक्रम अन्र्तगत बैकल्पिक बाल स्याहार कार्यक्रम सञ्चालन गरेको तथा यसका लागि नियमित सशक्तिकरण, अभिमुखिकरणका कार्यक्रहरु गरे पछि गाविसले संस्थागत स्याहार मुक्त बालबालिका गाविस घोषणा गरेको जनाएको छ । यस अबधीमा रुगा गाविसबाट काठमाण्डौमा रहेका तीन जना बालबालिकालाई बालगृहबाट उद्धार गरि गाउँ फर्काईएको, १४ जना बालबालिकालाई स्वास्थ्य उपचार, १२ जना बालबालिकालाई आयआर्जनमा सहयोग गरिएको ,४२ जनालाई शिक्षामा सहयोग गर्दै आएको र १ सय १२ जनालाई जोखिममा न्युनिकरणका लागि निरन्तर अभिमुखिकरण गरेको किडार्क नेपाल मुगुका जिल्ला संयोजक पदम बहादुर मल्लले जानकारी दिए । बालबालिकाहरुसंगै अभिभावक र समुदायलाई समेत निरन्तर सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गरे पछि यस गाविसबाट बालबालिका अन्यत्र कतै नगएका तथा बालश्रम, घरेलु कामदार समेत नरहेका गाविसले जनाएको छ । शहर बजार तथा जिल्लामा समेत कसैले पढाउने बाहानामा बालबालिका बाहिर नपठाउने प्रतिबद्धता गरेका र अहिले गाविस भरिका सबै बालबालिका आफ्नो घर परिवारको संरक्षणमा रहेका गाउँ बाल संरक्षण समितिका अध्यक्ष कृष्ण बोहोराले बताए । युवा क्लब,बाल क्लब मार्फत नियमित रुपमा बाल संरक्षण सम्बन्धि सांस्कृतिक कार्यक्रम, सडक नाटक, देउडा लगायतका कार्यक्रम सञ्चालन गरिएको पनि उनले बताए । संस्थागत स्याहार मुक्त बालबालिका गाविस घोषण गरिएको रुगा गाविस देशकै पहिलो गाविस रहेको किर्डाक नेपालका बाल संरक्षण कार्यक्रम अधिकृत डबल बहादुर रोकायाले बताए ।
0 comments
बिचार लेख्नुहोस्..