मोबाईलमा बैंकिङ्ग सेवा सुरु



मुगु न्युज डट कम
भदौ ५ मुगु
राष्टिय बाणिज्य बैंकले विहिबार देखि नेपाल टेलीकमको स्काई, नमस्ते र एनसेलको मोबाईलमा बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ ।
अब देखि बाणिज्य बैंकमा खाता खोलेर रकम जम्मा गरेका बाणिज्य बैंकका ग्राहाकले आफनो खातामा कति रकम छ भनेर मोबाईलमा नै हेर्न  सकिने बैकले जनाएको छ ।  मोबाईलमा व्यालेन्स हाल्न चाहे पनि ग्राहाकलाई बैंकले रिचार्ज पठाउन सकिने बताएको छ । आफनो खातामा रकम जम्मा हुँदा र घट्दा वितिकै मोवाईलमा म्यासेज आउने गर्छ भने ग्राहकले बैकको अर्को शाखामा रकम पठाउन चाहेमा एक दिनमा एक जनाले घरमा बसेर पचास हजारसम्म पठाउन सक्छ ,बैंकका कर्मचारी प्रकाश भामले भने । यो सेवा लिनका लागि बैंकका ग्राहकले एउटा फारम भर्नु पर्ने छ भने त्यसको शुल्क वार्षिक एक सय पचास मात्र लाग्ने छ । अहिलेसम्म यो सेवा प्राप्त गर्ने ग्राहकको संख्या दुई सय नाघेको बैकले जनाएको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..